Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्वारा दैनिक १ करोड लिटर खानेपानी वितरण

20200808_200900-1596896795.jpg

२४ साउन,हेटौँडा । हेटौंडा खानेपानी व्यवस्थापन बोडले हेटौँडा नगरभित्रका वडा नम्बर २,४,५,६,७,८,९,१० को सम्पुर्ण भुभाग र वडा नम्बर १,१४,१५,१६ र १७ का केही भु–भागमा बसोबास गर्ने करिब १ लाख २५ हजार नगरबासिलाई विभिन्न श्रोतबाट दैनिक सरदर १ करोड २४ लाख लिटर खानेपानी वितरण गर्दै आएको छ । 
    
बार्डले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक वर्ष २०७६।७७ को प्रगती विवरण तथा आर्थिक वर्ष ७७।७८ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रम मार्फत नगरबासीलाई एउटा सतहगत २५ ओटा भुमिगत श्रोतबाट नियमित दैनिक ६ देखी ७ घण्टा करिब १८ हजार ५५ धाराहरुमा दैनिक सरदर १ करोड २४ लाख लिटर खानेपानी वितरण गर्दै आएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बताएका छन । 
बोर्डले गत आर्थिक वर्ष २०७६।०७७ मा ८ करोड २६ लाख ६० हजार रुपैयाँको बिलिङ गरेकोमा ८ करोड ४ लाख ४२ हजार अर्थात ९७.९१ प्रतिशत रकम संकलन गर्न सफल भएको र ४० लाख ५६ हजार पानी महशुल बक्यौता रहेकोमा ग्राहकाबाट ६२ लाख ५० हजार अग्रिम महशुल भुक्तानी भएको छ – बोर्डका निमित्त कार्यकारी निर्देशक ढकालले भने ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले तिनै तहको सरकारको सहकार्यमा बार्डले सहज रुपमा जनतामाझ खानेपानी पुयाउन सफल भएको बताएका छन। कार्यक्रममा बोर्डका सदस्य इन्द्र नेपाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले खानेपानी व्यवस्थापन बोर्डको कार्यक्रम तथा बजेटको बिषयमा मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार