Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

धोनी र रैनाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

1597521609129060-0-1597540535.jpg

३२ साउन, हेटौंडा । भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले एकैदिन अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
शनिबार पूर्वकप्तान धोनीले सन्यास घोषणा गरेको केही घण्टा पछि रैनाले पनि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
इन्स्टाग्राममा एक पोस्ट गर्दै धोनीले १६ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । ३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान धोनीले अन्तिम पटक इङ्ल्यान्ड विश्वकपमा न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेल खेलेका थिए ।
सबै फर्म्याटको क्रिकेटमा भारतलाई विश्वकप जिताएका पूर्वकप्तान धोनीले कुल ५ सय ३८ खेल खेलेका थिए । जसमा १७ हजार २ सय ६६ रन जोड्दा १६ शतक र १ सय ८ अर्धशतक बनाएका छन् ।
धोनीपछि शनिबार सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । 
३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए । रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी–ट्वान्टी खेलेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार