२ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड २० लाख नाघेको छ ।
यो समाचार तयार पार्दसम्म विश्वका दुई करोड २० लाख ३६ हजार ५ सय ४५ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको कारण विश्वभर सात लाख ७६ हजार ८ सय ६२ जना मानिसको मृत्यु भएको छ भने कोरोना संक्रमण भएका मध्ये एक करोड ४७ लाख ७८ हजार भन्दा धेरै मानिस संक्रमणमुक्त भएका छन् ।
अहिले विश्वमा ६४ लाख ८१ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ६२ हजार भन्दा धेरै मानिस गम्भीर अवस्थामा रहेका छन् ।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट गएको डिसेम्बर महिनाको अन्त्यबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका दुई सय १६ देश तथा विभिन्न क्षेत्रमा पुगिसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५६ लाख १२ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ४० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
यस्तै दोस्रो धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा ३३ लाख ६३ हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा यहाँ एकैदिन २३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।
यसैगरी तेस्रो धेरै प्रभावित रहेको भारतमा २७ लाख १ हजारभन्दा बढी मानिस कोरोना भाइसरबाट संक्रमित छन् । यहाँ वितेको २४ घण्टामा एकैदिनमा विश्वको सबैभन्दा धेरै ५४ हजार २ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









