५ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेले स्थानीय तहको निर्वाचनमा मकवानपुरको केही स्थानमा चुनाव हार्दैमा निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
कम्युनिष्टहरुको किल्लाको रुपमा रहेको मकवानपुरको २ वटा गाउँपालिका, थाहा नगरको उपमेयरसहित हेटौंडा नगरको समेत ५ वटा वडा जितेको उदाहारण दिंदै उनले हारेको स्थानमा समेत निकटतम प्रतिष्पर्धी भएको बताए । नेपाली काँग्रेस हेटौंडा–१४ नम्बर वडाको आयोजनामा भएको धन्यवाद ज्ञापन कार्यक्रममा न्यौपानेले भने, ‘केही स्थानमा झिनो मतले पराजय भएका छौं । हेटौंडा उपमहानगरमा तालमेलको बिषयलाई बुझाउन नसक्दा धेरै मत बदर भयो, त्यसकारण थोरै मतले पराजय भयौँ । यसलाई शिक्षाको रुपमा लिएर अघि बढ्नु आवश्यक ।’ प्रदेश र केन्द्रीय संघको निर्वाचन बाँकी नै रहेको बताउँदै न्यौपानेले अब त्यसतर्फ केन्द्रीत हुन कार्यकर्ताहरुलाई अनुरोध गरे ।
यस्तै स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको प्रत्यासी रहेका काँग्रेस नगर सभापति आनन्दराम पराजुलीले निर्वाचनको समयमा गरेका वाचाहरु पूरा गर्न आफू सदैव तत्पर रहेको बताए । ‘मलाई नगरबासीले धेरै माया गर्नुभएको छ । मत पनि दिनुभएकै हो’, पराजुलीले थपे, ‘हामीले मतदातालाई बुझाउन नसक्दा थोरै मतले हार व्यहोर्न पुग्यौँ । हामी निराश हुनुपर्ने अवस्था छैन ।’
उनले चुनाव हारेका कारण निराश र हतोत्साही नहुन कार्यकर्तालाई अनुरोध गर्दै निरन्तर संगठन निर्माण र कार्यकर्ताहरुसंग सम्पर्कमा रहन अनुरोध गरे ।
काँग्रेसको तर्फबाट १४ नम्बर वडा अध्यक्षका प्रत्यासी गणेशबहादुर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीकर्मी मीठुमाया गोले, तरुण दल वडा सचिव नवराज थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















