Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ट्राफिक हवल्दार 'काशीराम' बने बागमती प्रदेशकै उत्कृष्ट ट्राफिक

20200821_211353-1598023876.jpg

५ भदौं,हेटौँडा। बागमती प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयमा खटिएका प्रहरीले पदको दुरुपयोग गरी घुस रकम लिनेलाई कारवाही मात्र गरेको छैन,डयुटी रहेका समयमा इमान्दारीपुर्वक डयुटी गर्ने प्रहरीलाई सम्मान तथा पुरस्कार समेत दिदै आएको छ। 

यसै क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत  प्रहरी हवल्दार काशीराम थापामगर साउन महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भई सम्मानित तथा पुरस्कृत भएका छन्।बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय  रामनगर चितवनले शुक्रबार थापालाई साउन महिनाको उत्कृष्ट ट्राफिक घोषित  गर्दै प्रशंसापत्रले  सम्मानित गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत थापाले गत साउन २६ गते हेटौंडा–११  थानाभर्याङमा मोटरसाइकललाई ठक्कर दिई फरार रहेका चालक र सहचालकमाथि अनुसन्धान गरी पक्राउ गर्न सफल भएको भन्दै पुरस्कृत गरिएको जनाइएको छ। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश रानाभाटद्वारा हस्ताक्षरित प्रशंसापत्रमा थापाले  हेटौँडा-११ मा भएको घटनाको अनुसन्धान गरी सो दूर्घटना गराई फरार रहेका ट्रकका चालक र सहचालकलाई भोलिपल्ट हेटौंडाको राप्ती खोलाको बगरबाट पक्राउ गर्न सफल भएको जसले  अपराध अनुसन्धान तथा नियन्त्रण एवम् शान्ति सुरक्षा मजबुद बनाउने, सूचनाको स्रोतको उच्चतम उपयोग गरी परिचालित भई तोकिएको जिम्मेवारी पूरा गर्नेतर्फ जागरुक, उत्सुक, संवेदनशील एवम् लगनशील भई कार्य सम्पादन गरेको भन्दै साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको  प्रमाणपत्रमा उल्लेख गरिएको छ ।

20200821_211339-1598023876.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार