१८ साउन, हेटौँडा । मकवानपुरे सांसदलाई मन्त्री बनाउन अहिले जिल्ला तहबाट दवाव तिब्र पारिएको छ । चर्चामा रहेकामध्ये दुईलाई मन्त्री बनाउन जिल्ला तहबाट पार्टीको केन्द्रिय तहमा दवाव तिब्र पारिएको हो ।
मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं काँग्रेस जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ र सांसद रामनारायण विडारीलाई मन्त्री बनाउन जिल्ला तहका नेताहरुले केन्द्रमा लविङ गरिरहेका छन् । मकवानपुरे काँग्रेस टोलीले महालक्ष्मी डिना उपाध्यायलाई केन्द्रिय सदस्य र बानियाँलाई मन्त्री बनाउनुपर्ने माग सभापति शेरबहादुर देउवालाई राखेका थिए । मन्त्री बन्ने चर्चामा रहेकी सांसद उपाध्यायलाई सभापति शेरबहादुर देउवाले दुई दिन अघि केन्द्रिय सदस्य मनोनित गरेर व्यवस्थापन गरेको काँग्रेस स्रोतको दावि छ । ‘डिनाजिलाई अहिले केन्द्रिय सदस्यको जिम्मेवारी दिईएको छ ।’–एक नेताले भने । समानुपातिकतर्फको सांसद र केन्द्रिय सदस्य दुबै अवसर डिनालाई पार्टीले दिएकाले मन्त्री हुने संभावना कम रहेको उनको भनाई छ ।
काँग्रेसको तर्फबाट बानियाँलाई मन्त्री बनाउन काँग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, ४ जना क्षेत्रीय सभापति, निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, संविधानसभा क्षेत्र नम्बर २ का उम्मेदवार एवं जिल्ला सदस्य जयराम लामिछानेसहितको टोलीले दुबै पक्षिय नेताहरुलाई भेटघाट गरेका छन् । उनीहरुले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई मकवानपुरे काँग्रेसको सान बढाएको र लाल किल्लाको रुपमा चिनिने मकवानपुरमा खाता खोलेको भन्दै बानियाँलाई मन्त्री बनाउन आग्रह गरेका थिए । ‘बानियाँलाई मन्त्री बनाउन दुबै नेता सकारात्मक छन्, कुन मन्त्री भन्ने टुंगो लागेको छैन ।’–टोलीमा सहभागी एक नेताले भने । बानियाँलाई मन्त्री बनाउनुपर्छ भन्नेमा जिल्ला तह मात्रै नभई यसअघि मन्त्री भईसकेका केन्द्रिय नेताहरु समेत लागि परेकाले उहाँको सम्भावना राम्रो रहेको बानियाँ निकट मानिने क्षेत्रीय सभापति दामोदर खनालले बताए ।
यता, माओवादी केन्द्रका सल्लाहकार समेत रहेका सांसद रामनारायण विडारीको पक्षमा पनि जिल्ला तहबाट लविङ भईरहेको छ । उनी संविधानको विषयमा जानकार भएकाले पनि उनलाई मन्त्री बनाउनुपर्ने जिल्ला तहका नेताहरुको दावि छ । जिल्ला तहका केही नेता उनलाई मन्त्री बनाउन काठमाण्डौं पुगेर लविङ गरिरहेका छन् भने केही जिल्लाबाटै माहोल तयार गरिरहेको एक नेताले बताए । ‘विडारी संविधानको विषयमा जानकार पनि छन् र संविधान निर्माणका क्रममा मस्यौदा समितिमा रहेर संविधान जारी गर्न महत्वपूर्ण जिम्मेवारी पुरा गरेकाले पनि हामीले उहाँलाई मन्त्री बनाउन पार्टीलाई भनेका हौं ।’–उनले भने । प्रखर वक्ता समेत रहेका उनी प्रचण्डका विश्वासपात्र मध्येका एक हुन् । केन्द्रमा राम्रो प्रभाव रहेकाले पनि उनी मन्त्री हुने प्रायः निश्चित रहेको माओवादी स्रोतको दावि छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामी छिन्तुले विडारीको पक्षमा आफुहरुले लविङ गरिरहेको बताए । ‘संविधानका जानकार भएको नाताले उहाँलाई कानूनमन्त्री बनाउन हामीले भनेका हौं ।’–पुलामीले भने । तर माओवादी केन्द्रको भागमा कुन मन्त्रालय पर्ने भन्ने निश्चित नभएकाले यसबारेमा टुंगो नलागेको उनले बताए ।
दुबै नेताको पक्षमा लविङ तिब्र भएपनि दुबै दलमा मन्त्रीहरुको आकांक्षी बढि रहेकाले निरन्तर दवावको खाँचो रहेको लविङमा जुटेका नेताहरुको भनाई छ ।
१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...
१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...
१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...
१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...
१५ बैशाख, हेटौंडा । व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...
३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...
४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...
३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...






-1777363227.png)











