Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वनको जग्गा प्लटिङ गरी बेचेको आरोपमा ७ पक्राउ

20200620_122440-1598603709.jpg

१२ भदौ,उदयपुर । वनको जग्गा प्लटिङ गरी बेचेको आरोपमा प्रहरीले उदरपुरको बेलका नगरपालिका–३ सिरिया टप्पुबाट ७ जनालाई १९ लाख ८ हजार नगदसहित पक्राउ गरेको छ ।

वन क्षेत्रको जग्गा प्लटिङ गरेर बिक्री गरेको आरोपमा बेलका नगरपालिका–३ सिर्जना टोलका ५४ वर्षीय प्रदिप भन्ने दलबहादुर थापा, २६ वर्षीय प्रकाश चन्द्रव्रशी, भोजपुर टेम्केमैयुङ गाउँपालिका ६ का ४३ वर्षीय देवराज राई, ३८ वर्षीय मणिराज राई, भोजपुर नगरपालिका–३ बोखिमका ३७ वर्षीय सन्तोषकुमार राईलाई बिहीबार जग्गा खरिदबिक्री गर्दै गरेकै अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

यस्तै खोटाङ साकेला गाउँपालिका–२ का ४७ वर्षीय धनकुमार राई, साकेला गाँपालिका घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–२० बस्ने ३० वर्षीय मनकुमार राईलाई पनि पक्राउ गरिएको उदयपुरका  प्रहरी उपरीक्षक दाहालले बताए ।

पक्राउ गरिएकाहरु सिरिया टप्पु क्षेत्रमा वन क्षेत्रको जग्गा खरिदबिक्री गर्ने गिरोहका सदस्य भएको प्रहरीको भनाइ छ । उनीहरु वनको ३ बिगाहा ४ कठ्ठा जग्गा प्लटिङ गरी खरिदबिक्रीमा संलग्न रहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट १२ लाख १८ हजार रुपैयाँ नगद ३ लाख ७० हजार र ३ लाख २० हजार रुपैयाँका गरी दुई वटा चेक बरामद गरिएको छ ।वन क्षेत्रको जग्गा अतिक्रमण गरी प्लटिङ गरी बिक्री वितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालय गाईघाट उदयपुरसँग समन्वय गरी इलाकम प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गएको प्रहरी टोलीले उक्त गिरोहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दाहालले वताए । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय गाईघाटलाई बुझाइएको उनले बताएञञ।पक्राउ गरिएकालाई शुक्रबार अदालतबाट म्याद लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृतसमेत रहेका सूचना अधिकारी जागेश्वर साहले बताए । कोसी टप्पु क्षेत्रमा वन अतिक्रमणसँगै वन्यजन्तु, काठको चोरी तस्करी हुँदै आएको छ ।यसअघि साउन ३० गते पनि बेलका नगरपालिका–३ एकता टोल नजिकै वन क्षेत्र अतिक्रमण गरेको आरोपमा पनि ७ जनालाई पक्राउ गरिएको थियो ।

# ई कान्तिपुरबाट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार