Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बानियाँले भने–‘यस्तै रहे जनताले निषेधाज्ञा तोड्छन्’

Indra-Baniya-1554646003-1598855322.jpg

File Photo

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले अहिलेकै अवस्था रही रहने हो भने जनताले निषेधाज्ञा तोड्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको अन्तरवार्तामा उनले कोरोनाको जोखिम व्यवस्थापन गर्न नसकेको वर्तमान सरकारले लकडाउन र निषेधाज्ञा मात्रै गर्न जानेको बताए । निषेधाज्ञा निरन्तर बढाई जनतालाई थुनेर राख्ने र आफु चै भ्रष्टाचारमा लिप्त हुने अवस्थाले सरकारप्रति जनताको आक्रोश बढेको उनको भनाई छ । उनले यो सरकारले निषेधाज्ञालाई निरन्तरता दिईरहेर मुलुकको अर्थतन्त्र र जनजीवन तहसनहस गराउने काम गरिरहेको बताए । 
उनले भने–‘मजदुरले काम गर्न नपाएपछि कहाँबाट खाने ? राज्यको मानवीय संवेदनशिलता खै यो अवस्थामा ? यदि सरकारले राम्रो व्यवस्था गरेन भने जनताले निषेधाज्ञा तोड्छन्, निषेधाज्ञा जरुरी छ छैन भन्ने समयले देखाउँछ, खाली जबरजस्ती निषेधाज्ञामात्रै गरेर हुन्छ ?’ उनले कोरोना नियन्त्रणका लागि पिसिआर परीक्षणको दायरा बढाउन, आईसोलेसन र क्वारेन्टाईनको संख्या बढाउँदै उपयुक्त व्यवस्थापन गर्न र जनजीवन सहज बनाउनेतर्फ अघि बढ्न सरकारलाई सुझाव दिए । 
कांग्रेस जिम्मेवार दल भएकाले मानवीय संवेदनशिलताको विषयमा सरकारलाई सहयोग गरिरहेको र गर्न तयार रहेको बताउँदै उनले विरोध गर्नकै लागि कांग्रेसले अहिलेको अवस्थामा सडकमा जुलुस ननिकाल्ने प्रष्ट पारे । यसलाई सरकारले कमजोरी ठान्न नहुने उनको भनाई छ । उनले कांग्रेससहित सबै दलले कोरोना नियन्त्रणका लागि सबै खाले सहयोग गर्ने प्रतिवद्धता जनाउँदा समेत सरकार कमाउ धन्दामा व्यस्त रहेकाले जनताले प्रतिकार गर्ने अवस्था आईसकेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार