Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बाग्मति गाउँपालिका

अवैध उत्खनन रोक्दा बागमतीमा जनप्रतिनिधिले हातपात गरेको भन्दै कारवाहीको माग

B1-1598878725.jpg

१५ भदौ, हेटौंडा । खोलामा भईरहेको उत्खनन रोक्न खोज्दा मकवानपुरको बागमती गाउँपालिकाका एक वडा अध्यक्षले हातपात गरेको भन्दै कारवाहीको माग गरिएको छ ।
वन क्षेत्रमा पर्ने ढुंग्रेखोलाबाट भएको उत्खनन रोक्न खोज्दा बागमती गाउँपालिका ४ नम्बर वडाका अध्यक्ष रहरसिं थिङसहितले स्थानीय लालिगुराँस सामुदायिक वन समूहका अध्यक्ष सूर्यचन्द्र लोप्चनसहित उपभोक्तामाथि हातपात गरेको भन्दै कारवाहीको माग गरिएको हो । सामुदायिक वन समूहको कार्ययोजना विपरित आफ्नो क्षेत्रमा आइतबार अपरान्ह झुरझुरेदेखि राईगाउँसम्मको सडक निर्माणका लागि विना जानकारी ढुंगा, गिटि, बालुवा निकाली प्रयोग गरेकोमा रोक्न खोज्दा आफुहरुमाथि हातपात भएको भन्दै प्रहरी चौकी झुरझुरेमा घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ । 
वन समूहका अध्यक्ष र उपभोक्तालाई वडा अध्यक्ष थिङ, गाउँपालिकाका इन्जिनियर दिनेश बानियाँ, मुक्ति लामा, सुर्दशन गोले, मनोज बलसहितले गालिगलौज र हातपात गरेको वन समूहको विज्ञप्ति र निर्णयमा उल्लेख छ । वन समूहको बैठकले आगामी दिनमा त्यस क्षेत्रबाट हुने उत्खनन रोक्नका लागि पनि प्रहरी र डिभिजन वन कार्यालय मकवानपुरसंग अनुरोध गर्ने निर्णय गरेको छ ।
वन समूहका उपभोक्ताले जनप्रतिनिधिले समन्वयमा काम गर्नुपर्नेमा दादागिरी शैलीमा वन समूहको क्षेत्रभित्र अवैध उत्खनन गरेको भन्दै घटनाका दोषिलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार