Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बाग्मति गाउँपालिका

अवैध उत्खनन रोक्दा बागमतीमा जनप्रतिनिधिले हातपात गरेको भन्दै कारवाहीको माग

B1-1598878725.jpg

१५ भदौ, हेटौंडा । खोलामा भईरहेको उत्खनन रोक्न खोज्दा मकवानपुरको बागमती गाउँपालिकाका एक वडा अध्यक्षले हातपात गरेको भन्दै कारवाहीको माग गरिएको छ ।
वन क्षेत्रमा पर्ने ढुंग्रेखोलाबाट भएको उत्खनन रोक्न खोज्दा बागमती गाउँपालिका ४ नम्बर वडाका अध्यक्ष रहरसिं थिङसहितले स्थानीय लालिगुराँस सामुदायिक वन समूहका अध्यक्ष सूर्यचन्द्र लोप्चनसहित उपभोक्तामाथि हातपात गरेको भन्दै कारवाहीको माग गरिएको हो । सामुदायिक वन समूहको कार्ययोजना विपरित आफ्नो क्षेत्रमा आइतबार अपरान्ह झुरझुरेदेखि राईगाउँसम्मको सडक निर्माणका लागि विना जानकारी ढुंगा, गिटि, बालुवा निकाली प्रयोग गरेकोमा रोक्न खोज्दा आफुहरुमाथि हातपात भएको भन्दै प्रहरी चौकी झुरझुरेमा घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ । 
वन समूहका अध्यक्ष र उपभोक्तालाई वडा अध्यक्ष थिङ, गाउँपालिकाका इन्जिनियर दिनेश बानियाँ, मुक्ति लामा, सुर्दशन गोले, मनोज बलसहितले गालिगलौज र हातपात गरेको वन समूहको विज्ञप्ति र निर्णयमा उल्लेख छ । वन समूहको बैठकले आगामी दिनमा त्यस क्षेत्रबाट हुने उत्खनन रोक्नका लागि पनि प्रहरी र डिभिजन वन कार्यालय मकवानपुरसंग अनुरोध गर्ने निर्णय गरेको छ ।
वन समूहका उपभोक्ताले जनप्रतिनिधिले समन्वयमा काम गर्नुपर्नेमा दादागिरी शैलीमा वन समूहको क्षेत्रभित्र अवैध उत्खनन गरेको भन्दै घटनाका दोषिलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार