Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

अरुलाई दुरी कायम गर्न भन्ने, आफु टाँसिएर फोटो खिचाउने

Photo-Session-1598882760.jpg

१५ भदौ, हेटौंडा । बागमती प्रदेशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ । सरकारले कोरोनाको जोखिम रोक्न मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।
प्रदेशका कतिपय जिल्लाका विभिन्न स्थानीय तहमा निषेधाज्ञासहितका कडाईका उपाय अवलम्बन गर्दै कोरोनाको जोखिम रोक्ने प्रयास भईरहेको छ । तर सर्वसाधारणलाई घरभित्र बस्न, अनावश्यक हिडडुल नगर्न, मास्क प्रयोग गर्न र भौतिक दुरी कायम गर्न सुझाव दिने बागमती प्रदेश सरकारका मूख्यमन्त्रीदेखि मन्त्रीसम्म कार्यक्रम गर्दै टाँसिएर फोटो खिचाईरहेका छन् । बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विके, प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक अध्यक्ष श्याम बस्नेतसहितका पदाधिकारी बिना मास्क कार्यक्रममा उपस्थित भएका छन् ।
यो दृष्य अन्त कतै नभई मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौंडामा नियुक्त भएका पदाधिकारीहरुको सोमबार हेटौंडामा भएको सपथग्रहण कार्यक्रमको हो । स्वास्थ्य क्षेत्रका हस्तिहरुको सपथग्रहण कार्यक्रममा उनीहरुले नै कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । कार्यक्रममा रजिस्ट्रारमा राजेश प्रसाईं, निर्देशक डा. हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुडालले ४ बर्षे कार्यकालका लागि सपथ लिएका छन् । सपथग्रहणपछिको फोटोसेसन रोचक छ । मूख्यमन्त्री डोरमणी पौडेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालसहित सबैजना टाँसिएर बसेका छन् ।  फोटोमा मूख्यमन्त्रीकै राजनैतिक सल्लाहकार जेएन थपलियादेखि कतिपयले मास्क चिउडोमा लगाएका छन् त कतिपयले हातमा लिएका छन् ।
यसले सरकारका जिम्मेवार व्यक्तिको ‘अरुलाई दुरी कायम गर्न भन्ने, आफु टाँसिएर फोटो खिचाउने’ प्रवृत्तिलाई छर्लङ्ग पारेको छ । उसो त पार्टी प्रवेश कार्यक्रम गरेर सामुहिक फोटो सेसन गरेको बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको तस्विरको पनि केही दिनअघि आलोचना भएको थियो । सर्वसाधारणले सरकारका जिम्मेवार पदाधिकारीदेखि नेतासम्मले अरुलाई भन्ने तर आफु उल्लंघन गर्ने प्रवृत्ति देखाएको भन्दै आलोचना गरिरहेका छन् । उनीहरुले सर्वधारणका लागि मात्रै ऐनको प्रवृत्ति अन्त्य हुनुपर्ने आवाज उठाईरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

थप समाचार