८ असार, हेटौँडा । सरकारले मकवानपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु गर्न लागेको छ । विमाका लागि गठन भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विहिबार अन्तरक्रिया गर्दै यस्तो जानकारी दिएको हो ।
मकवानपुरमा असार १५ गतेबाट स्वास्थ्य विमा कार्यक्रम शुरु हुँदैछ । जिल्लाका १ सय २ वडाका लागि १ सय २८ दर्ता सहयोगी भर्ना गरिएका छन् । ति कर्मचारीलाई पहिलो चरणमा असार ९ देखि ११ गतेसम्म ६६ जना र १२ देखि १४ सम्म ६२ जनालाई तालिम दिईने भएको छ । समितिका कार्यक्रम निर्देशक डा. गुणराज लोहनीका अनुसार ५ जना सदस्य रहेको परिवारले २५ सय रुपैँयामा विमा गर्न सक्ने र थप सदस्यका लागि ४ सय २५ रुपैँयाका दरले भुक्तानी गर्नुपर्ने हुन्छ । विमा गरेपछि एक बर्षमा विमा गरेका परिवारका सदस्यहरुले ५० हजार रुपैँया बराबरको उपचार सेवा प्राप्त गर्ने छन् । सिमान्तकृत र विपन्न बर्गको विमा रकम भने राज्यले नै भुक्तनी दिने तयारी गरिरहेको उनले बताए । उपचारका लागि पहिलो छनौट सरकारी स्वास्थ्य संस्था हुनुपर्ने र अन्यत्र उपचार गर्नुपर्ने ति संस्थाले रिफर गर्ने व्यवस्था मिलाएको लोहनीको भनाई छ ।
२०७२ चैतबाट कैलालीबाट शुरु भएको स्वास्थ्य विमा आछाम, बाग्लुङ, बर्दिया, कैलाली, कास्की, पाल्पा, म्याग्दी र इलाममा लागु भईसकेको छ । लागु भएका ८ जिल्लामा जेठसम्ममा ८४ हजार जनाले विमा गरेका छन् । यसबाट ४ करोड २० लाख रुपैँया जम्मान भएको छ । यो अवधिमा २५.४ प्रतिशत सदस्यले उपचार सेवा लिएका छन् र १ करोड ११ लाख ३५ हजार एक सय ५२ रुपैँया सम्बन्धित स्वास्थ्य संस्थामा दावि भुक्तानी दिएको निर्देशक लोहनीले बताए ।
यसअघि विमा कार्यक्रम लागु भएकासंगै असार १ गतेबाट जुम्ला तनहुँ, चितवन र भरतपुरमा पनि विमा कार्यक्रम विस्तार भएको छ भने असार १५ गतेबाट मकवानपुर, जाजरकोट र गोरखामा सेवा शुरु हुँदैछ । जिल्लाका सरोकारवालाहरुका लागि गरिएको अभिमुखीकरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, सह क्षेत्रीय प्रशासक कुमारबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी, क्षेत्रीय स्वास्थ्य निर्देशक डा. बासुदेव पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















