Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

म्याद नाघेका र लेबल नभएका सामान भेटियो

anugaman-file-1498148432.jpg

८ असार, हेटौँडा । हेटौँडामा आपुर्ति व्यवस्थापन विभाग काठमाडौंले विहिबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका र लेबल नभएका सामान बेचिएको पाइएको छ । हेटौंडा बजारका विभिन्न खाद्यान्न पसल र होटलहरुमा गरिएको अनुगमनका क्रममा यस्तो पाईएको हो । 
अनुगमनका क्रममा हेटौंडाको टिसीएन रोडस्थित बिशाल स्टोर्समा ४७ बोतल किन्ले सोडा ड्रिंक, भुटनदेवी मन्दिररोडस्थित पवित्र मिल्क एण्ड फुड प्रालिमा दुग्ध उत्पादनहरुमा उत्पादन मिति, उपभोग्य मिति लगायतका लेबल नराखी बिक्रि बितरण गरेको पाईएको क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका जगत प्रकाश चौधरीले बताए ।
अनुगमन टोलीले लेबल नलगाइएका उत्पादनहरुलाई संकलन गरी लेबल लगाउन पसल संचालकहरुलाई निर्देशन दिएको र म्याद नाघेका सोडा ड्रिंक, आइसक्रिम बनाउनका लागि प्रयोग गरिने बास्नादार केमिकल नष्ट गरेको छ । 
आपुर्ति व्यवस्थापन विभागका अधिकृत पवन कुमार प्याकुरेलको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत शिव प्रसाद भण्डारी, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका जगत प्रकाश चौधरी सहित, उपभोक्ता हित संरक्षण मञ्चका सचिव मदन प्रसाद रिमाल लगायतको सहभागिता रहेको थियो ।

फाइल तस्विर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार