Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमती प्रदेशमा बाबु प्रदेश प्रमुख, छोरा रजिष्टार !

Rajesh-1599103865.jpg

१८ भदौ, हेटौंडा । झापामा चुनाब हारे पनि बागमती प्रदेशमा प्रदेश प्रमुख बनाईएका विष्णुप्रसाद प्रसाईका छोरालाई सरकारी नियुक्ति दिईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताका बाबुछोराले सरकारी नियुक्ति पाएपछि नेकपामा परिवारवाद र क्षेत्रीयतावाद हावी भएको चर्चा शुरु भएको छ । झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा पराजित बुबा विष्णुप्रसाद प्रसाईलाई वागमती प्रदेश प्रमुखमा नियुक्त गरेको सरकारले उनका छोरा राजेशलाई प्रदेश सरकार अन्तरगतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रजिष्टारमा नियुक्त गरेको छ ।
विष्णुप्रसाद तत्कालीन एमालेका पुराना नेता हुन् । उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजित भएका थिए । स्थानीय तह निर्वाचनमा मेयरमा कांग्रेसका आचार्यले २० हजार ७७६ मत ल्याएका थिए । तत्कालीन एमालेका उम्मेद्वार प्रसाईंले १९ हजार ४२२ मत ल्याएका थिए ।
पालिकाको चुनावमा पराजित भएका प्रसाईलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले १९ कात्तिक २०७६ मा बाग्मती प्रदेशको प्रमुख प्रमुखका रुपमा सपथग्रहण गराएको थियो । उनै प्रदेश प्रमुखका छोरा राजेश प्रसाईलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडाको रजिष्टारमा नियुक्त गरेका छन् । बाबुछोरालाई नै सरकारी नियुक्ति दिईएपछि नेकपामा भने यो विषयले ठूलै खैलाबैला मच्चिएको जनाईएको छ । परिवारवाद हावी भएको भन्दै यसले नेकपाप्रति जनतामा राम्रो छवि नजाने भन्दै यसलाई पुर्नविचार गर्नुपर्ने आवाज उठ्न थालेको छ । नियुक्ति दिंदा उनकै क्षेत्र प्रदेश नम्बर १ मा नदिएर बागमती प्रदेशमा नियुक्ति दिनुले बागमती प्रदेशमा योग्य व्यक्ति नभएकै हो त भन्दै नेकपाभित्रै कटाक्ष भईरहेको छ ।

को हुन् राजेश प्रसाई ?
विष्णुप्रसाद प्रसाईका छोरा राजेशसँग अस्पताल म्यानेजमेन्टको अनुभव छ । उनले यसअघि विराटनगरको विराट आँखा अस्पताल, सञ्जिवनी अस्पताल, काकडभिट्टा आँखा अस्पताल, विराटनगरको आरके चिल्डेन अस्पतालका सल्लाहकार र आरके सिटी सेन्टरमा व्यावस्थापकको भूमिका निर्वाह गरेका थिए । विराट, सञ्जिवनी र काकड्भिट्टा अस्पतालमा उनको लगानीसमेत छ ।
केही वर्षअघि गोल्छा आँखा अस्पताल बिराटनगरबाट म्यानेजमेन्टको काम सुरु गरेका प्रसाईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्तिको तयारी थियो । तर, वीपीमा सम्भव नभएपछि उनी वागमती प्रदेश सरकारले २०७६ सालमा गठन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रजिष्ट्रारमा नियुक्त भएका हुन् । 
(अनलाईनखबरको सहयोगमा)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार