९ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले जिल्लामा नेपाली काँग्रेसबाट स्थानीय तहमा विजयी १ सय ४७ जना जनप्रतिनिधिहरुलाई शुक्रबार स्वागत तथा कानूनी प्रशिक्षण दिएको छ ।
नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा स्वागत तथा कानूनी प्रशिक्षण कार्यक्रम गरिएको हो । नवनिर्वाचित प्रतिनिधिहरुलाई पार्टी सभापति बानियाँ र केन्द्रीय सदस्य उपाध्यायले खादा तथा टिका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमूख अतिथि उपाध्यायले नवनिर्वाचित प्रतिनिधिहरुले अव गाउँ नगरमा विकासको काममा सक्रिय भएर लाग्नुपर्ने बताउँदै कानूनी प्रशिक्षणबाट आफूले गर्नुपर्ने धेरै काम कर्तव्यको ज्ञान हासिल गर्ने भएकोले बुझ्न अनिवार्य रहेको बताए ।
त्यस्तै पार्टी सभापति बानियाँले नवनिर्वाचितहरुलाई स्वागत गर्दै कानूनी प्रशिक्षणले जनप्रतिनिधिहरु जिम्मेवार बन्ने र आफूले गर्नुपर्ने काम कर्तव्यको बारेमा जानकार भई विकास निर्माण र सामाजिक कार्यमा लाग्न आग्रह गरे । पार्टीका कार्यबाहक सभापति विष्णु लामिछानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अधिबक्ता अमृत लामाले जनप्रतिनिधिहरुले गर्नुपर्ने काम, कर्तव्य, अधिकार र कानूनको बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार उमा दाहाल, प्रवक्ता प्रदिप कोईराला, संगठन विभाग प्रमूख कृष्ण सञ्जेल, जिल्ला सदस्यहरु, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापतिहरु, नगर सभापतिहरु तथा जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















