९ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले जिल्लामा नेपाली काँग्रेसबाट स्थानीय तहमा विजयी १ सय ४७ जना जनप्रतिनिधिहरुलाई शुक्रबार स्वागत तथा कानूनी प्रशिक्षण दिएको छ ।
नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा स्वागत तथा कानूनी प्रशिक्षण कार्यक्रम गरिएको हो । नवनिर्वाचित प्रतिनिधिहरुलाई पार्टी सभापति बानियाँ र केन्द्रीय सदस्य उपाध्यायले खादा तथा टिका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमूख अतिथि उपाध्यायले नवनिर्वाचित प्रतिनिधिहरुले अव गाउँ नगरमा विकासको काममा सक्रिय भएर लाग्नुपर्ने बताउँदै कानूनी प्रशिक्षणबाट आफूले गर्नुपर्ने धेरै काम कर्तव्यको ज्ञान हासिल गर्ने भएकोले बुझ्न अनिवार्य रहेको बताए ।
त्यस्तै पार्टी सभापति बानियाँले नवनिर्वाचितहरुलाई स्वागत गर्दै कानूनी प्रशिक्षणले जनप्रतिनिधिहरु जिम्मेवार बन्ने र आफूले गर्नुपर्ने काम कर्तव्यको बारेमा जानकार भई विकास निर्माण र सामाजिक कार्यमा लाग्न आग्रह गरे । पार्टीका कार्यबाहक सभापति विष्णु लामिछानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अधिबक्ता अमृत लामाले जनप्रतिनिधिहरुले गर्नुपर्ने काम, कर्तव्य, अधिकार र कानूनको बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार उमा दाहाल, प्रवक्ता प्रदिप कोईराला, संगठन विभाग प्रमूख कृष्ण सञ्जेल, जिल्ला सदस्यहरु, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापतिहरु, नगर सभापतिहरु तथा जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







