२१ भदौ, काठमाडौं । राष्ट्रियसभाको रिक्त एक सिटमा आफूलाई नियुक्त गरियोस् भनेर भरतपुर चितवनकी तारा बराल गौतमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएकी छिन् ।
आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि आफू योग्य भएको उल्लेख गर्दै निवेदन दिएको रातोपाटीलाई जानकारी दिइन् । उनले यदि आफूलाई नियुक्त नगरी सरकारले चित्तबुझ्दो जवाफ नदिए अदातलको ढोका ढक्ढकाउने समेत बताएकी छिन् ।
उनले राष्ट्रियसभा जस्तो गरिमायुक्त सदनलाई चुनाव हारेका व्यक्तिहरु थुपार्ने ठाउँ बनाउन लागेको भन्दै त्यसको गरिमालाई कायम राख्न आफू योग्य व्यक्ति भएको उनको जिकिर छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटमा नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई लैजानेबारे नेकपाले निर्णय गरेको छ । यद्यपि यसबारे सरकारले हालसम्म राष्ट्रपतिलाई सिफारिस भने गरेको छैन । सो स्थानका लागि तारा बराल गौतमले पनि आफ्नो दावी पेश गरेकी हुन् ।
त्रिभूवन विश्वविद्यालयमा मानवशास्त्र संकाय अन्तर्गत एमफिल दोश्रो सेमेष्टरमा अध्ययन गरिरहेको बताउने गौतमले ३ करोड नेपालीको प्रतिनिधित्व गर्दै आफूले राष्ट्रियसभा सदस्यका लागि निवेदन दिएको उल्लेख गरिन् । उनले आफू राजनीतिक दलसँग आवद्ध नभएको र कुनै दलको साधारण सदस्यता पनि नलिएको दावी गरेकी छिन् । (रातोपाटीबाट)
२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...
२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...
२४ बैशाख, काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...
२४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...
२४ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...
२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...