- उत्सब चौलागाईं
सखारै मझेरीमा
चिरबिराउँछन् चराहरू
टिप्छन् धान, मकै कोदो
र तोरीका दाना
झुत्तिखेल्छन् आँगन छेउ थाक्राहरूमा
गर्छन् होड्बाजी को भन्दा को कम ।
चराहरूसँगै
लडीबुडी गर्छन् केटाकेटीहरू
खेल्छन् टालाटुली बाटुली
यति यति पानी गङ्गे रानी
बनाउँछन् माटोको घर
बन्छन् बेहुला र बेहुली
गर्छन जिजीविषाको अभ्यास
पोखेर आर्गानिक शैशव चञ्चलता ।
धुलो मैलो हुन्छन्
ताप्छन् लालीमाको न्यानो
उन्मुक्त आमोद-प्रमोद मनोभावमा ।
घाम छिपिदै जाँदा
फेरिदै जान्छ चराहरूका लय
हराउँदै जान्छ उनीहरूका चकचक
पङ्ख फिजाएर उडी जान्छन् कतै टाढा
केटाकेटीहरू भत्काउँछन् माटोको घर
लाग्छन् आ-आफ्नो बाटो
अलप हुन्छन् आँखाहरूबाट ।
मध्यदिन
शून्य शून्य छ आँगन
चराहरु छैनन्
चिरबिर छैन
छैनन् केटाकेटीहरू
खस्नै लागेको धुरी मात्र टोलारहन्छ अजस्र ।
सन्ध्याकाल
बिर्सेर मनोरम आँगन
सखारैको आपसी प्रेम र सद्भाव
प….र…. बाँसको झ्याङ्तिर झगडिन्छन्
अगि नै एकैसाथ झुत्ति खेल्ने चराहरू ।
मच्चेको छ स्वर
हिर्काइरहन्छन्
सङ्घार, झ्याल, ढोका र पालीमा
बेमेल कर्कश आवाजहरूले ।
केटाकेटीहरू
ङ्यारङ्यारङुरङुर गर्छन्
मन अमिलो पार्छन्
खिन्न मान्छन्
रुन्छन्
र भन्छन्
अँध्यारो मन पर्दैन ।
यी सबै गतिविधि हेरिरहेछु म ।
अन्न टिपिरहेका चराहरूसँगै
बिहान हेरिरहन्छु
र सम्झन्छु
मरुभूमिमा पसिना बगाइरहेको भाइ ।
लालाबालाको माटोको घरसँगै
मध्यदिन हेरिरहन्छु
र सम्झन्छु
आगोले खाएको सुकुम्बासी बस्ती ।
चराहरूको कर्कश आवाज
र केटाकेटीहरूको छटपटीसँगै
सन्ध्या हेरिरहन्छु
र सम्झन्छु
मेरो देशको पार्लियामेन्ट ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















