१० असार, हेटौँडा । असारमा आफ्नो खेतको रोपाईमा व्यस्त हुनुपर्ने हेटौँडा–१७ राजदेवीका किसानले शनिबार सडकमै रोपाई गरेका छन् ।
सवारीसाधन गुडिरहेको ग्राभेल सडकमा ठेकेदार कम्पनीले माटो हालेर हिलाम्मे बनाई दिएपछि उनीहरुले सडकमै रोपाई गरेका हुन् । सडक विस्तार गर्ने भन्दै ठेकेदारले असारको पहिलो साता राजदेवीदेखि दोभानचौरसम्मको ४ किलोमिटर क्षेत्रमा रातो माटो विछ्याएको छ । बर्षायाममा रातोमाटो विछ्याएकाले सडक हिलाम्मे भई यातायात ठप्प भएको स्थानीय डेकराज धमलाले बताए । ‘असारमा रातो माटो हालेर हिलाम्मे भएपनि विरामी ल्याउन एम्बुलेन्स समेत नचल्ने अवस्था छ, प्रशासनको ध्यान ज्याओस् र काम राम्रो होस् भन्ने हाम्रो भनाई छ ।’–स्थानीय कृष्णप्रसाद सञ्जेलले भने ।
चुनडाँडादेखि दोभानचौरसम्मको सडक विस्तारका लागि ५ करोडको ठेक्का सिंह एण्ड ब्रर्दशले पाएको थियो । स्थानीयले मंसिरदेखि नै सडक विस्तारका लागि खेति गर्ने खेत खालि राखेपनि बर्षामा माटो विछ्याएर हिलाम्मे पारेपछि उनीहरु आक्रोशित भएका छन् । असार मसान्तमा भुक्तानी लिने उद्देश्यले काम गरेको भन्दै गुणस्तरीय काम नभएसम्म ठेकेदारलाई भुक्तानी दिन नहुने स्थानीय खानीमाया गुरुङको भनाई छ ।
सडक विस्तारका क्रममा ढलको व्यवस्था नहुँदा धेरैको घरभित्र पानी जमेर आहाल बनेको छ । सदरमुकाम हेटौँडाबाट पूर्वी क्षेत्रको ग्रामिण भेगसम्म जाने सडक अवरुद्ध हुँदा यस क्षेत्रका दुग्धजन्य उत्पादन बजार पुर्याउन, विद्यार्थीलाई विद्यालय आउन र एम्बुलेन्स समेत संचालन हुन समस्या परेको भन्दै समाधानका लागि प्रशासन र जनप्रतिनिधिहरुसंग उनीहरुले आग्रह गरेका छन् ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


