१२ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले हेटौंडालाई महिला हिंसामुक्त शहर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
महिला तथा बालबालिका कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा लामाले सरोकारवालाहरुसँगको समन्वयमा महिला हिंसामुक्त शहर निर्माणका लागि कार्ययोजनाका साथ काम गर्ने बताईन् । कार्यक्रममा घरेलु हिंसा पीडित महिलाका लागि अल्पकालीन आश्रय सहितको सेवा केन्द्र सञ्चालक संस्थाहरुले बार्षिक प्रगति विवरण सार्वजनिक गरेका थिए । मकवानपुरमा सञ्चालित ९ सेवा केन्द्रले २०६६ सालयता एक हजार ५ सय २४ वटा हिंसाको घटना दर्ता गरेको महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा साहले जानकारी दिईन् ।
मकवानपुरको हेटौंडामा जिल्ला सेवा केन्द्रका साथै बसामाडी, मनहरी, सरिखेत, पालुङ, आग्रा, छतिवन, भीमफेदी, फापरबारी र नामटारमा सेवा केन्द्र स्थापना गरिएको छ । महिला तथा बालबालिका कार्यालय प्रमुख शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक वेदप्रसाद गौतम, जिल्ला शिक्षा कार्यालय मकवानपुरका शाखा अधिकृत मोतीप्रसाद भट्टराई, पत्रकार सुरेश श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतको उपस्थिति रहेको थियो ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


