३ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१९ नेवारपानी नजिक सवारी दुर्घटनामा मृत्यु भएका युवक कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा जाँदै गरेको खुलेको छ । नेवारपानी र मनहरी–९ रजैयाको सिमानामा बसको ठक्करबाट मृत्यु भएका चितवन भरतपुर–७ का २९ बर्षीय दिपेन्द्र अधिकारी संक्रमण पुष्टी भएपछि घरमै आइसोलेसनमा बस्न जाँदै गरेको खुलेको हो ।
शुक्रबार साँझ सार्वजनिक रिपोर्टमा कोरोना पुष्टी भएका उनी बकैया गाउँपालिकाका सव-इन्जिनियर रहेको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले प्रष्टखबरलाई जानकारी दिए । ‘शुक्रबार साँझ कोरोना पुष्टी भएपछि घरमा छुट्टै बस्न सबै व्यवस्था राम्रो छ, उतै जान्छु भन्दै हुनुहुन्थ्यो ।’– खनालले भने–‘एम्बुलेन्सको व्यवस्था गर्छौ भनेका थियौं तर मोटरसाइकलमा एक्लै निस्कनु भएछ ।’ मोटरसाइकलमा जाँदा कसैलाई नछुने र घर सुरक्षित ढंगले बस्ने सोचका साथ उनी हिडेको जनाईएको छ । दुर्घटनाबारे जानकारी आएपछि खनालसहितको टोली हेटौंडा–११ स्थित चुरेहिल अस्पताल पुगेको छ ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनि बस र हेटौंडाबाट चितवनतर्फ जाँदै ना४९प २४०० नम्बरको अधिकारीले चलाएको मोटरसाइकल ठक्कर खाएको प्रहरीले जनाएको छ । उनको उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
यो पनि पढ्नुस्
हेटौंडाको नेवारपानी नजिक दुर्घटना, एक जनाको मृत्यु
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...