Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलः सुपर ओभरमा दिल्ली विजयी

1600626276delhi-1600650304.jpg

५ असोज, हेटौंडा । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको छ ।
दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै कागिसो राबाडाको सिकार भएका थिए ।
दिल्लीले भने तीन बलमा लक्ष्य पुरा गर्यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । 
यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । 
पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । 
दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट हात पारे ।
यसअघि, पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित ५३ रनको पाली खेलेका थिए ।
यस्तै कप्तान श्रेयस लेयरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए । ओपनर पृथ्वी शालाई ५ र शिखर धवनलाई शुन्य रनमा गुमाएपछि दिल्ली दबाबमा आएका थियो । तेस्रो नम्बरका ब्याट्सम्यान सिमरोन हेटिमर ७ रनमा आउट भएका थिए । यस्तै, रविचन्द्रन आश्विन ४ र अक्षर पटल ६ रनमा पोविलियन फर्किएका थिए ।
दिल्लीबिरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रर्दशन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए । यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे ।
दिल्लीले आईपीएलको पहिलो खेलमा नेपालका लेग स्पिनर सन्दीपलाई बेन्चमा राखेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार