Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नियोजित ढंगले राप्रपालाई हराईदैछ : थापा

KT-1498563219.jpg

१३ असार, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई नियोजित ढंगले पराजित गर्ने काम भईरहेको दावि गरेका छन् ।
राप्रपा मकवानपुरले मंगलबार हेटौँडामा गरेको जिल्ला कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले स्वदेशी शक्ति र विदेशी एजेण्ड नियोजित ढंगबाट राप्रपालाई हराउने काममा सक्रिय रहेको बताए । उनले राप्रपा बलियो भए हिन्दु राष्ट्र र राजतन्त्रको अभियान सफल हुने भएकाले नियोजित ढंगबाट राप्रपालाई कमजोर बनाउने काम भएको बताए । राप्रपा अध्यक्ष थापाले निश्चित दल, व्यपारी र बुद्धिविजीहरु र विदेशी एजेण्टले राप्रपामाथि निरन्तर प्रहार गरिरहेको बताए ।
उनले योगजनाबद्ध ढंगबाट नेतृत्व र पार्टीको चरिया हत्या गर्ने काम भएको भन्दै यसबारे जनतालाई बुझाउन कार्यकर्तासंग आग्रह गरे । उनले पहिलो चरणको निर्वाचनमा राप्रपाले अप्रत्यासित नतिजा व्यहोर्नु परेपनि दोस्रो र तेस्रो चरणमा सुधार हुने विश्वास व्यक्त गरे । उनले निर्वाचनमा पराजित भएपनि आप्mनो एजेण्डा नहारेको भन्दै चन्द्रसूर्य रहुन्जेल हिन्दु राष्ट्र र राजतन्त्रको एजेण्डा बोकिरहने बताए । उनले आफुले अहिले पनि नहारेको भन्दै अभियानमा टुंगोमा पु¥याउने दावि समेत गरे ।
जिल्ला अध्यक्ष गणेश थापाको अध्यक्षतमा भएको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य मधु अधिकारी, जिल्ला उपाध्यक्ष शिवराम थापा, जिल्ला सदस्य सिताराम वर्तौला, ४ नम्बर क्षेत्रीय अध्यक्ष गोविन्द रिजाल, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपाबाट थाहा नगरका मेयरमा उम्मेदवार बनेका हरेराम कार्की, हेटौँडामा उपमेयरमा उम्मेदवार बनेकी ईन्दिरा न्यौपाने, नेताहरु विष्णु अधिकारी, दिलबहादुर बल, लक्ष्मी जिम्बा, अम्बिका खविडा, शुभद्रा तिमल्सिना, शुक्रराज प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार