५ असोज, हेटौंडा । युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा निर्माण गरिने खेलकुद पूर्वधार (खेलग्राम) निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।
मन्त्रालयले सोमबार एक सूचना निकाल्दै स्थानीय तहलाई खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
चालु आर्थिक वर्ष २०७७÷७८ का लागि मन्त्रालयले थप ३० वटा पालिकामा खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो । मन्त्रालयले प्रथम पटक प्रकाशित सूचनाको ३५ दिन भित्र आवश्यक प्रक्रिया पुरा गरेर मन्त्रालयको खेलकुद पूर्वाधार विकास शाखा वा राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरमा प्रस्ताव पेश गर्न सकिने जनाएको छ ।
स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि र मन्त्रालयले पठाएको नमुना खेलग्रामको अवधारणा अनुसार प्रस्ताव पेश गर्नु पर्नेछ । जसमा फुटबल मैदान, क्रिकेट मैदान, भलिबल मैदान, कभर्ड हल, ट्रयाक एन फिल्ड, वाकिङ रुट, फुट ट्रेल, स्वीमिङ पुल, विचरण पार्क लगायतका पूर्वाधार समेटिनु पर्नेछ ।
सरकारले देशभरका स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण गर्ने उद्धेश्यले ‘एक स्थानीय तहमा एक खेलग्राम’ को नीति ल्याएको थियो । सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत लगानी व्यवस्थापन गर्ने मोडालिटी सहितको खेलग्रामको अवधारणा अघि सारेको हो ।
खेलग्राम निर्माणका लागि सरकारले गत वर्षबाट बजेट बिनियोजन समेत गर्न सुरु गरेको थियो । स्थानीय तहसँगको साझेदारीमा मन्त्रालयले गत वर्षबाट ८४ वटा पालिकामा खेलग्राम निर्माण सुरु गरिसकेको छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







