१३ असार, अमेरिका । अमेरिकाको टेक्सस राज्यस्थित अर्भिंग सहरका मेयर रिक स्टोफरले शान्तिका दूत गौतम बुद्ध र नेपाली राजनीतिका शिखर पुरुष वीपी कोइरालाको शालीक स्थापनाका लागि पहल गर्ने अश्वासन दिएका छन् ।
टेक्सासको अर्भिडमा नेपाली संस्था यति चेम्बर अफ कमर्शले गरेको कार्यक्रममा बोल्दै मेयर स्टोफरले नेपाली समुदायको अनुरोध अनुसार सालिक स्थापनाका लागि सहयोग गर्ने वचनवद्धता प्रकट गरेको नागरिक न्यूजको समाचारमा उल्लेख छ । नेपाली समाज टेक्ससका सभापति कृष्ण लामिछानेले यस अघि नै गरेको अनुरोधको जवाफ स्वरुप कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर स्टोफरले सालिक स्थापनाका लागि सहयोग गर्ने जनाएका हुन्। नेपाली समाजका अध्यक्ष लामिछानेले अर्भिंगको कुनै पार्कमा विश्वशान्तिका दूत भगवान् गौतम बुद्ध र महामानव वीपी कोइरालाको प्रतिमा स्थापना गर्नका जमिन उपलब्ध गराउन अनुरोध गरेका थिए।
चाँडोभन्दा चाँडो प्रतिमा स्थापनाका लागि जग्गा उपलब्ध गराउन पहल शुरु गर्ने मेयर स्टोफरले बताएपछि नेपाली समाजले खुसी व्यक्त गरेको छ । नेपालीहरुको बाक्लो बसोबास क्षेत्र भएकोले मेयर आजकाल नेपालीको कार्यक्रममा उपस्थित हुन थालेका छन्। यो नेपालीहरुप्रतिको सम्मनाका रुपमा बुझ्नु पर्ने समाजका अध्यक्ष लामीछानेले बताए । अध्यक्ष लामीछानेका अनुसार आगामी दिनमा समाजले यूलेस र डालासका मेगरहरुसँग पनि नियमित अन्र्तक्रिया गर्ने जानकारी दिए।
मेयर स्टोफरले कम आय हुने नेपालीलाई सहुलियत दरमा अपार्टमेन्टको व्यबस्था, स्थानीय ठुला ब्यपारिक फर्महरूसँग समन्वय गरेर नेपाली समुदायका लागि रोजगारीको वातावरण सिर्जना गर्न र स्थानीय कलेज तथा विश्व बिद्यालयमा अध्ययन गर्ने नेपाली बिधार्थीलाई सहुलियत दरमा अध्ययनको व्यवस्था गर्न आफू एवं नगर प्रशासनले सक्दो प्रयास गर्ने बताएका थिए।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















