Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अमेरिकामा बुद्ध र विपिको शालिक

Buddha-BP-1498577152.jpg

१३ असार, अमेरिका । अमेरिकाको टेक्सस राज्यस्थित अर्भिंग सहरका मेयर रिक स्टोफरले शान्तिका दूत गौतम बुद्ध र नेपाली राजनीतिका शिखर पुरुष वीपी कोइरालाको शालीक स्थापनाका लागि पहल गर्ने अश्वासन दिएका छन् ।

टेक्सासको अर्भिडमा नेपाली संस्था यति चेम्बर अफ कमर्शले गरेको कार्यक्रममा बोल्दै मेयर स्टोफरले नेपाली समुदायको अनुरोध अनुसार सालिक स्थापनाका लागि सहयोग गर्ने वचनवद्धता प्रकट गरेको नागरिक न्यूजको समाचारमा उल्लेख छ । नेपाली समाज टेक्ससका सभापति कृष्ण लामिछानेले यस अघि नै गरेको अनुरोधको जवाफ स्वरुप कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर स्टोफरले सालिक स्थापनाका लागि सहयोग गर्ने जनाएका हुन्। नेपाली समाजका अध्यक्ष लामिछानेले अर्भिंगको कुनै पार्कमा विश्वशान्तिका दूत भगवान् गौतम बुद्ध र महामानव वीपी कोइरालाको प्रतिमा स्थापना गर्नका जमिन उपलब्ध गराउन अनुरोध गरेका थिए।

चाँडोभन्दा चाँडो प्रतिमा स्थापनाका लागि जग्गा उपलब्ध गराउन पहल शुरु गर्ने मेयर स्टोफरले बताएपछि नेपाली समाजले खुसी व्यक्त गरेको छ । नेपालीहरुको बाक्लो बसोबास क्षेत्र भएकोले मेयर आजकाल नेपालीको कार्यक्रममा उपस्थित हुन थालेका छन्। यो नेपालीहरुप्रतिको सम्मनाका रुपमा बुझ्नु पर्ने समाजका अध्यक्ष लामीछानेले बताए । अध्यक्ष लामीछानेका अनुसार आगामी दिनमा समाजले यूलेस र डालासका मेगरहरुसँग पनि नियमित अन्र्तक्रिया गर्ने जानकारी दिए।

मेयर स्टोफरले कम आय हुने नेपालीलाई सहुलियत दरमा अपार्टमेन्टको व्यबस्था, स्थानीय ठुला ब्यपारिक फर्महरूसँग समन्वय गरेर नेपाली समुदायका लागि रोजगारीको वातावरण सिर्जना गर्न र स्थानीय कलेज तथा विश्व बिद्यालयमा अध्ययन गर्ने नेपाली बिधार्थीलाई सहुलियत दरमा अध्ययनको व्यवस्था गर्न आफू एवं नगर प्रशासनले सक्दो प्रयास गर्ने बताएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार