Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलः मुम्बईको पहिलो जित, कोलकता पराजित

807664-671252-hardik-pand-1600911777.jpg

८ असोज, हेटौंडा । साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० मा पहिलो जित दर्ता गरेको छ ।
बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । 
अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोडे । यस्तै कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाए । इयान मोर्गन १६ रनमा आउट हुँदा आन्द्रे रसेल ११ रनमा पेभेलियन फर्किए ।
मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल र जस्प्रित बुम्राहले २र२ विकेट लिए । किरोन पोलार्डले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सूर्यकुमार यादबले ४७ रन जोड्दा सौरभ तिवारीले २१ रन बनाए । हार्दिक पाण्डयले १८ रन जोडे । कोलकत्ताका शिवम माभीले २ विकेट लिए । सुनिल नारिने र आन्द्रे रसेलले १–१ विकेट लिए ।
जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । कोलकत्ताले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार