१४ असार, हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरको समिक्षा बैठक सम्पन्न भएको छ । बैठकमा गाउँ र नगरपालिका प्रमुखहरुले स्थानीय तह निर्वाचनमा भएको गतिबिधिबारे जानकारी गराएका थिए । उनीहरुले निर्वाचमा हार÷जित हुनको कारण प्रस्तुत गर्दै पार्टीलाई थप मजबुत बनाउन संगठन सुदृढिकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकले गत वैशाख ३१ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रले सोचेजस्तो सफलता प्राप्त नगरेपनि उत्साहजनक रहेको निष्कर्ष निकालेको छ । स्थानीय निर्वाचनको कमजोरी सच्याउँदै प्रभावकारी अभियान सञ्चालन गरे आउँदो प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई मकवानपुरमा पहिलो शक्तिको रुपमा स्थापित गराउन सकिने समेत बैठकको निष्कर्ष छ ।
बैठकले सबै गाउँपालिका र नगरमा पार्टी सेल कमिटिहरु निर्माण गर्दै आगमी भदौं अन्तिमसम्म गाउँ, नगर, जनवर्गीय संगठन र जातीय मोर्चाहरुको सम्मेलन सकाउने निर्णय गरेको पार्टी कार्यालय सदस्य तथा सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले बताए । बैठकले निर्वाचमा भए गरेका कमि कमजोरी छानबिन गर्न पार्टी केन्द्रीय सल्लाहकार समिति सदस्य कौशल पाण्डेको संयोजकत्वमा तीन सदस्यीय छानविन कमिटि गठन गरेको छ ।
जिल्ला इन्चार्ज कुमारी मोक्तानको सभाध्यक्षता एवं पार्टीका केन्द्रीय कार्यालय सदस्य लिलामणि पोखरेलेको प्रुमख आतिथ्यतामा भएको बैठकमा केन्द्रीय सचिवालय सदस्य सुर्य सुवेदी पथिक, पार्टी पोलिटब्युरो सदस्य तथा सांसद रामनारायण बिडारी, माओवादी केन्द्र मकवानपुरका जिल्ला संयोजक प्रेम बहादुर पुलामी लगायतको सहभागिता रहेको थियो ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















