Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलः चेन्नईको लगातार दोश्रो हार

Watson-out-vs-DC-IPL_571_-1601082775.jpg

१० असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नईले लगातार दोश्रो खेलमा पराजय व्यहोरेको छ । 
शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्स नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित हुँदै लगातार दोस्रो पराजय व्यहोरेको हो । 
तीन खेल खेलिसकेको चेन्नईको यो लगातार दोस्रो हार हो । यसअघि दोश्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो । भने पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो । 
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो । 
चेन्नईका लागि फाप डु प्लेसिसले ४३ रन जोडे । यस्तै केदार जाधबले २६ रन जोड्दा शेन वाट्सन १४ र मुराली विजय १० रनमा आउट भए । कप्तान महेन्द्र सिंह धोनीले १५ तथा रबिन्द्र जडेजाले १२ रन बनाए ।
 दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यस्तै एन्रीच नोर्ट्जेले २ तथा अक्षर पटेलले १ विकेट लिए । दिल्लीले सन्दीपलाई भने मैदान उतारेको थिएन । सन्दीप लगातार दोस्रो खेलमा प्लेइङ सेटमा नपरेका हुन् । 
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । दिल्लीका लागि ओपनर पृथ्वी शले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३५ रन जोडे । शिखर र पृथ्वीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । 
यस्तै ऋषब पन्तले अविजित ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए । चेन्नईका पियुस चावालाले २ विकेट लिए । साम करनले एक विकेट लिए । 
जितसँगै दिल्लीले २ खेलमा ४ अंक जोडेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार