Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बझाङ घटनाका हत्यारा तथा बलात्कार आरोपितको अर्को घटनामा संलग्नता पाइयोः प्रहरी प्रवक्ता एसएसपी सिंह

घटनाको परिवारबाटै ढाकछोप

20200928_114618-1601277083.jpg

१२ असोज,हेटौँडा ।  बझाङकी १२ बर्षीया बालिका सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक त्यस्तै घटनामा संलग्न भएको कुरा बाहिरीएको छ ।सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक(एसएसपी) मुकेश कुमार सिंहले बालिका हत्या अभियोगमा पक्राउ परेका बझाङ माष्ट गाउँपालिका–२का २० बर्षीय राजेन्द्र बोहरा यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको पाइएकोे बताएका हुन । 

असोज ७ गते  बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा बझाङको  माष्ट गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव सिममाडौं मन्दिरमा फेला परेको थियो भने  सोही दिन प्रहरीले माष्ट–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई बझाङ पक्राउ गरेको थियो । पक्राउ परेका बोहोरामाथी अनुसन्धान गर्दा उनि शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको प्रवक्ता एसएसपी सिंहले प्रष्ट खबरलाई बताएका छन । '

बोहराले गत साउन २६ गते खिकालाकै १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको घटनालाई गाउँमै गुपचुप मिलाइएको खुलेको साउन २९ गते साँझ ५ बजेतिर धनचडी बोहराको पानीघट्टमा मकै पिस्न गएकी बालिकालाई जबर्जस्ती करणी गरेको र ती बालिकाले तीन दिनपछि मात्रै घटनाबारे आफ्नी भाउजूलाई सुनाएको अन्सन्धानबाट पत्ता लागेको हो'।– एसएसपी सिंहले भने।

भाउजु मार्फत यो कुरा भहिर आएपछि परिवारको आग्रहमा गाउँमा पञ्चायती बसेको र पञ्चायतीमा ‘एकै गाउँका भाइबहिनी हुन्, यत्तिको घटना भइहाल्छ’ भन्दै पाँच सय जरिवाना गराएर घटना गाउँमै सामसुम पारेको,दुवै पक्षबीच भएको मिलापत्रमा राजेन्द्रका बुवा र बालिकाका दाजुसहित ६ जनाले हस्ताक्षर गरेको र मिलापत्रमा ‘गर्भ रहेमा युवकले जिम्मा लिने’ व्यहोरा उल्लेख गरेको सहमती पत्रबाट पत्ता लागेको उनले बताए ।  

नशालु पदार्थ सेवन गर्ने महिलाको गहना चोरी गर्ने बोहोराले सम्झनालाई बलात्कार गरेपछि बालिकाबाट अर्को घटनाको पोल खुल्ने ठाने डरले बालिकाको टाउकोमा ढुंगा प्रहार गरेको कलेजो नै छेडिने गरी घोचेको पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट रहेको उनले भने ।बलात्कारपछि हत्यामा अरू व्यक्तिको संलग्नत हुन सक्नै भन्दै घटनाको सुक्ष्म ढंगबाट जिल्ला प्रहरी कार्यालय बझाङले अनुसन्धान अगाडी बढाएको र बोरोको संलग्ना ख्लेका अघिल्लो घटनालाई पनि अनुसन्धानको दायरामा राखिएकोले घटनाको बास्तबिकता चाडै बाहिर आउने दोषीले अनमुक्ती नपाउने भन्दै  जबर्जस्ति करणी मुद्दा मिलाउने लाइ उक्त घटना को मतियारको रुपमा रहेकोलाई पनि  कानुनी कार्यवाही हुने एसएसपी सिंहले बताएका छन  ।

   सम्झनाको बलात्कारपछि हत्या: पोस्टमार्टम रिपोर्ट

सम्झनाको बलात्कार र हत्या भएको ठाउँ भन्दा ५ सय मिटर पर गत मंसिरमा ११ वर्षका बालक विमल कामी मृत भेटिएका थिए ।शव फेला पर्दा उनको एउटा कानको मुन्द्रा थिएन । त्यसबेला गाउँमै रहेका राजेन्द्र बोहरा उक्त घटनालगत्तै भारत गए ।फर्केर आएपछि गाउँका बालबालिकालाई तर्साउन थाले । उनीहरूका साथमा हुने पैसा र सामान खोस्दै ‘विमललाई मैले मारेको हुँ, तिमीहरूले पैसा दिएनौ भने मारिदिन्छु’ भन्ने गरेको विमलका बाजे टसी कामी बताउँछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार