Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न

एकसयभन्दा बढी काँग्रेसमा प्रवेश

cong-1-1498739936.JPG


१५असार,हेटौँडा । नेपाली काँग्रेस हेटौँडा १५ नम्बर वडा ईकाई समितिको आयोजनामा वडा स्तरीय कार्यकर्ता भेला तथा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ ।असार १५ को अवसर पारेर आज हेटौँडा १५ चुरियामाईमा आयोजना गरिएको कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा काँग्रेसको पक्षमा मतदान गर्ने मतदाता र सहयोग गर्ने कार्यकर्ता एवं शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । 
 कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्व गृह राज्यमन्त्री    इन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई संस्थागत र विकास काँग्रेसको नेतृत्वमामात्र सम्भव भएको र  जनताको खुशी र समृद्ध बनाउनुनै काँग्रेसको मूलमन्त्र भएको बताए ।
हेटौँडा १५ नम्बर वडामा काँग्रेसबाट निर्वाचित अध्यक्ष महारत्न लामाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला उपसभापति विष्णु लामिछाने, जिल्ला प्रबक्ता प्रदीप कोइराला, सल्लाहकार रीता खनाल, काँग्रेस हेटौँडा उपमहानगर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि बमबहादुर थिङ, गोविन्द भ्लोन, गणेश ब्लोनलगायतले बोल्नु भएको थियो । स्थानीय समाजसेवी गणेश ब्लोनसहित नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका पार्टी परित्याग गरी एकसयभन्दा बढी काँग्रेसमा प्रवेश गरेका छन् भने  कार्यक्रम मार्फत असार १५ को अवसरमा दही चिउरा खुवाइएको थियो  ।

cong-3-1498739937.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार