हेटौँडा, २० साउन । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले मजदुरलाई निलम्बन गरेको भन्दै ट्रेड युनियनले विरोध गरेको छ । उद्योगमा कार्यरत ७ मजदुरलाई निलम्बन गरेको भन्दै अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध जिल्ला परिषद मकवानपुरले विरोध गरेको छ ।
महासंघको टोलीले घटनाबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकको ध्यानाकर्षण गराएको छ । जिल्ला संयोजक कुमार पौडेलले ज्ञापनपत्र बुझाउँदै श्रम कार्यालय हेटौँडामा समस्या समाधानका लागि छलफल भईरहेको अवस्थामा कर्मचारीलाई निलम्बन गरिएकाले उद्योग व्यवस्थापक र कामदार प्रतिनिधिबीच भएको सहमति कार्यान्वयन र निलम्बनको निर्णय फिर्ता हुनुपर्ने माग गरे । टोलीमा नेपाल ट्रेड युनियन काँग्रेसका पौडेल, नेपाल ट्रेड युनियन महासंघका श्याम श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका गंगाप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।
उद्योगले लालकृष्ण प्याकुरेल, जयराम धिताल, उद्धव पहाडी, चित्तबहादुर विक, राम सापकोटा, चन्द्रप्रसाद सापकोटा र रविबाबु मल्ललाई २ दिन अघि निलम्बन गरिएको छ । मजदुरहरु र उद्योगमा रहेको श्रम सम्बन्ध समितिबीच जेठ १६ गते ३ बुँदे सहमति भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरु २६ दिनदेखि धर्नामा थिए । उद्योग र मजदुरबीच हाउजिङ लोन सुचारु गर्नुपर्ने, लोन लिएर भुक्तानी गर्ने मजदुरले अवकाशका समय उक्त रकम फिर्ता पाउनुपर्ने र हाईजिङ फण्डमा रहेको ६५ करोड रुपैंयाबाट २ लाख रुपैँया अनुदान दिने सहमति भएको मजदुर संगठनको भनाई छ ।
१० चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश...
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको पार्टी...
१० चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन...
१० चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय...
१० चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी...
१० चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...
९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...
८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...
८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड...
रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
८ चैत, हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर...
५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका...