Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

च्याम्पियन्स लिग ड्र सार्वजनिकः बार्सिलोना र युभेन्ट्स एकै समूहमा

uefa-1601603826.jpg

१६ असोज, हेटौंडा । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।
यूईएफएले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो । यूईएफएले निकालेको ड्र अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको टिम समूह चरणमै खेल्ने भएका छन् ।
मेस्सीको टिम बार्सिलोना र रोनाल्डोको टिम युभेन्ट्स एकै समूहमा परेका छन् । समूह ’जी’ मा बार्सिलोना र युभेन्ट्ससँगै डाइनामो किभ र फेरेन्सभारेस रहेका छन् ।
साविक विजेता बायर्न म्युनिख भने समूह ’ए’ मा परेको छ । यस समूहमा एट्लेटिको मड्रिड, लोकमोटिभ मोस्क्भा र साल्जवर्ग रहेका छन् ।
समूह ’बी’ मा रियल मड्रिड, शाक्तर डोनेट्स, इन्टर मिलान र बोरुसिया मन्छेनग्लाडबाख रहेका छन् । समूह ’सी’ मा पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस र मार्सेली रहदा समूह ’डी’ मा लिभरपुल, आयाक्स, एटलान्टा र मिडजिल्याण्ड परेका छन् ।
समूह ’इ’ मा सेभिया, चेल्सी, क्रास्नोडार र रेनस पर्दा समूह ’एफ’ मा जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमण्ड, लाजियो र क्लब ब्रुगा रहेका छन् ।
यस्तै समूह ’एच’ मा पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइपजिग, इस्तानबुल बसाकसेइर रहेको छ ।
 

EjQa7z8XYAIXpMc-1601603826.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार