Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलमा चेन्नईको खराब प्रदर्शन, हैदराबादसँग पराजित

EjV7s2BUwAAlcNz-1601686958.jpg

१७ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक उपविजेता चेन्नईले खराब प्रदेशन गरेको छ । 
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडिएममा भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किंग्स हैदराबादसँग ७ रनले पारजित भयो । चेन्नईलाई राउँदै लिगमा हैदराबादले भने दोस्रो जित निकालेको छ । 
हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईका रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार रोक्न सकेनन् ।
कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रन बनाए । साम करन १५ रनमा अविजित रहे । हैदराबादका लागी टी नटराजनले २ विकेट लिए भने भुवनेश्वर कुमार र अब्दुल समदले १÷१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदराबादका लागि प्रियम गार्गले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । 
यस्तै अविशेक शर्माले ३१ रन जोड्दा मनिस पाण्डेले २९ रन बनाए । कप्तान डेभिड वार्नर २८ रनमा आउट भए । चेन्नईका दिपक चाहरले दुई विकेट लिए भने शार्दुल ठाकुर र पियुस चावालाले १÷१ विकेट लिए ।
जितसँगै हैदराबादले ४ खेलमा दुई जितसहित ४ अंक जोडेको छ । हैदराबाद चौंथो स्थानमा समेत उक्लिएको छ । चेन्नईको यो तेस्रो हार हो । चेन्नईले ४ खेलमा २ अंक जोडेको छ । चेन्नई तालिकाको पुछारमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार