२० साउन, हेटौँडा । मकवानपुरको छतिवन गाविसका सर्वदलिय संयन्त्रले गाविसका भुकम्प पीडितको समस्या सम्बोधन गर्न माग गरेका छन् । उनीहरुले विहिबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकलाई ज्ञापनपत्र बुझाउँदै समस्या सम्बोधनको माग गरेका हुन् ।
पुर्ननिर्माणका लागि अनुदान सम्झौताको थालनीको तयारी गरिरहँदा गाउँमा विरोध हुन थालेपछि दलिय संयन्त्रसहितको टोली जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन आएका जनाईएको छ । उनीहरुले भुकम्पमा भौतिक क्षति भई राहत रकम बुझेका पनि पछिल्लो लगत संकलनका क्रममा छुटेको, ऐलानी जग्गावाल भुकम्प पीडित पुर्ननिर्माणको प्रक्रियामा समेटिन नसकेका, पछिल्लो लगत संकलनमा भौतिक क्षति नभएकाहरुको समेत नाम परेका लगायतका विषयमा प्रजिअ विकको ध्यानाकर्षण गराएका छन् । उनीहरुले छुटेका बास्तविक भुकम्प पीडितको लगत संकलन हुनुपर्ने, पूर्जाधनीले झैं ऐलानी जग्गाधनीलाई पनि पुर्ननिर्माण प्रक्रियामा समावेश गरिनुपर्ने, पछिल्लो समय लगत संकलनका क्रममा भएका त्रुटी सच्याउनुपर्ने बताए ।
प्रजिअ विकले पछिल्लो लगत संकलनका क्रममा छुटेका बास्तविक पीडितलाई गाविसमा पुनरावलोकन फारम भराउन राजनैतिक दलका प्रतिनिधि र गाविस सचिवलाई सचेत गराए । उनले ऐलानी जग्गाको हकमा भुकम्प प्रभावितहरुको जग्गा दर्ताको कार्यविधि आईसकेकाले पुर्ननिर्माण प्राधिकरणका लागि दर्ता सुचारुका लागि अवधि तोक्न आग्रह गर्ने बताए । प्रजिअ विकले पुराना बास्तविक पीडित छुटेको र नयाँ थपिएको विषयमा जिल्ला तहमा छलफल भई केन्द्रमा जानकारी गराएकाले निष्कर्ष निस्कने बताए । उनले भुकम्पका क्रममा क्षति नभए पनि ढाँटेर सरकारी रकम बुझ्नेलाई ठगी मुद्धा लाग्ने भएकाले यसबारे समेत स्थानीयस्तरमा जानकारी गराउन प्रजिअ विकले सबैलाई आग्रह गरे ।
टोलीमा पूर्व सभासद प्रेमबहादुर पुलामी, गाविस सचिव शिवराम बोहरा, नेपाली कांग्रेस छतिवनका अध्यक्ष भुमिनन्द गौतम, एमाले छतिवनका अध्यक्ष राजन दंगाल, माओवादीका भक्तबहादुर खत्री, राप्रपा नेपालका गोवद्र्धन गौतम, नेकपा माओवादीका रामहरी गौतम, विभिन्न दलका जिल्ला नेता, तामाङ उत्थान समाजका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।
१० चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश...
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको पार्टी...
१० चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन...
१० चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय...
१० चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी...
१० चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...
९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...
८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...
८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड...
रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
८ चैत, हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर...
५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका...