Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडा १ र २ का १९९ युवा कांग्रेसमा प्रवेश (तस्बिरहरू)

120908268_628976647770748-1601900256.jpg

१९ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १ र २ वडाका विभिन्न टोलका १ सय ९९ जना युवा सोमबार विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस जिल्ला पार्टी कार्यालय हेटौंडामा सोमबार दिउँसो भएको कार्यक्रममा कांग्रेस हेटौंडा १ का वडा सभापति हरिकृष्ण महर्जन, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, तरुण दल ३ नम्बर क्षेत्रीय अध्यक्ष सञ्जय श्रेष्ठ र उपाध्यक्ष दिनेश मैनालीको समन्वयमा नेकपा, राप्रपा परित्याग गरी समाजसेवी युवाहरु अमर लामा, विनोद लामा, युगल श्रेष्ठ तथा युवराज गुरुङको नेतृत्वमा हेटौंडा १ र २ चौकीटोल, लालझाडी, चाईनाक्वाटर, जरुवाटोलका १ सय ६४ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 
नवप्रवेशीलाई कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुरका पार्टी सभापति ईन्द्रबहादुर बानियाँले सदस्यता दिई टिका लाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
त्यसैगरी सोमबारै विहान हेटौंडा १ भैरवडाँडामा भएको कार्यक्रममा हेटौंडा १ भैरवडाँडा, नकौली घ्याङसिटार र लामिडाँडाका ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले नवप्रवेशीलाई स्वागत गर्दै कम्युनिष्टको झुठो आश्वासन, भ्रष्टचार लिप्त शासनब्यवस्था अब जनताले बुझिसकेकाले धेरैदिन टिक्न नसक्ने बताउँदै कांग्रेसले विधिको शासन चाहेको बताए ।
नेता बानियाँले कम्युनिष्टलाई जनताले त्रास र आश देखाएकाले प्रचुर बहुमत दिएको भएपनि ३/३ पटकसम्म बजेट ल्याउँदा पनि निमुखा, गरिब, किसान तथा गरिखाने बर्गको हितमा नसोची कसरी हुन्छ भ्रष्टाचार गर्न मात्रै उद्दत रहेको कारण जनताले कम्युनिष्ट शासन पत्तासाफ भएको हेर्न चाहेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु राजिव सुवेदी, हरि वाग्ले, खड्ग गोपाली, अमृता थापा मगर, भीमसेन महत, सुनिल दाहाल, सुनिल अधिकारी क्षेत्र नम्बर २ का संघिय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण नेताहरु राजेश भेटवाल, विकेशलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

120943766_655220872097202-1601900317.jpg
120837760_362511024802915-1601900317.jpg
120609955_224217269259541-1601900318.jpg
120846737_688114838469610-1601900353.jpg
120930795_882061362327467-1601900353.jpg
120972069_341993063891381-1601900354.jpg
120929276_285368313819276-1601900354.jpg
120840966_338587714036219-1601900386.jpg
120848026_374880660363981-1601900387.jpg
20201005090828_IMG_7773-1601900880.JPG
20201005090901_IMG_7780-1601900880.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार