Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेकपाले गल्हत्याउन खोज्यो, कांग्रेसले कुर्सी भाँच्यो

Kursi-1601909583.jpg

१९ असोज, बुटवल । २०७१ माघ ५ गते तत्कालीन एकीकृत माओवादीका सांसदहरूले तत्कालीन संविधानसभा बैठक तोडफोड गरे । त्यस समय कांग्रेसले चर्को आलोचना गरेको थियो । संविधानसभामा माओवादीले भनेजस्तो नभएपछि तत्कालीन माओवादीका सांसदहरु संसद तोडफोडमा उत्रिएका थिए ।
त्यस्तै दृष्य सोमबार प्रदेश नम्बर ५ को प्रदेश सभामा देखियो । प्रस्तावित लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने भन्‍ने प्रस्तावको विरोधमा कांग्रेस सांसदहरुले प्रदेश सभामा नाराबाजी गरिरहेका थिए ।
कांग्रेसको विरोधको बेवास्ता गर्दै प्रदेश राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव अघि बढाउन आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी रोस्टमतर्फ अघि बढे । कांग्रेस सांसदहरुले नाराबाजी जारी गर्दै विरोध जनाइरहेका थिए । मन्त्रीले मर्यादापालकलाई हप्काइदप्काइ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदलाई गलहत्याएर बाहिर निकाल्न आदेश दिए । उक्त आदेशपछि कांग्रेस सांसदहरु थप आक्रोशित बने ।
मन्त्रीले चिच्याएर मर्यादापालकलाई भने,–‘यिनीहरूलाई बाहिर घिसारेर निकालिहाल्नुस्, निकालिहाल्नुस् ।’ त्यसपछि थप आक्रोशित बनेका कांग्रेस सांसदहरु तोडफोडमा उत्रिएका हुन् । लोकतान्त्रि प्रणालीमा प्रतिपक्षीलाई नामेट पार्ने अथवा संसदबाट घिसारेर बाहिर निकाल्ने भन्‍ने हुँदैन । प्रतिपक्षीले नाराबाजी गर्ने नै विरोधको स्वरुप हो । विरोध जनाउँदैमा संसदबाट गलहत्याउने भनेपछि आक्रोशित बनेका कांग्रेस सांसदहरु तोडफोडमा उत्रिएका हुन् । तोडफोडबाट केही टेबल कुर्सी र माइकहरु भाँचिएका छन् ।
साभार : लेखाजोखान्युज


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार