Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बस पल्टिँदा तीनको मृत्यु पाँच घाइते 

Accident-1499161093.jpg

२० असार, हेटौँडा । काठमाडौँबाट धनगढी जादै गरेको ना ६ ख २४६८ नम्बरको यात्रुबाहक बस  आज बिहान  पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारमा  पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन  । 

मृत्यु हुनेमा केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलाली घर भएका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु  भएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए । उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमानै मृत्यु भएको र चालक रानामगरको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए । 

घाइते मध्य पाँचजनालाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको र तीमध्ये मृतक थारुकी श्रीमती गम्भीर घाइते रहेको थापाले बताए  । बस तीव्रगतिका कारण अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको प्रहरीले बताएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार