१ कार्तिक, हेटौंडा । नवरात्रको अवधिमा शक्तिपीठहरू खोल्न नदिएको भन्दै हेटौंडाका धार्मिक संस्थाले बिरोध जनाएका छन् ।
हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा शनिबार आयोजित कार्यक्रमका वक्ताहरूले नवरात्रको समयमा शक्तिपीठहरू नखोल्न सरकारले गरेको निर्देशनको बिरोध गरेका हुन् । बजारमा अनियन्त्रित भीडभाड बढेको तथा सार्वजनिक यातायातको साधनमा जथाभावी यात्रु हालेर ओसारपसार गर्दा सङ्क्रमणको जोखिम नदेख्ने सरकारले आस्थाका केन्द्र मठमन्दिरबाट सङ्क्रमणको जोखिम देखेको भन्दै आश्चर्य प्रकट गरे ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले नवरात्रभर शक्तिपीठहरू खोल्न दिनुपर्ने बताए । यसैगरी समितिका उपाध्यक्ष कुमार पौडेलले नवरात्रमा शक्तिपीठमा निषेध गरेर मात्र सङ्क्रमण नियन्त्रण नहुने बताए । कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिले चालु आर्थिकवर्षमा डेढ करोडभन्दा बढीको भौतिक संरचना तथा तटबन्ध निर्माण गर्ने योजना बनाएको छ ।
समितिको एघारौँ वार्षिक साधारणसभाका अवसरमा संस्थाका कोषाध्यक्ष मणिप्रसाद सुवेदीले धामको स्तरोन्नति, तटबन्ध, मूर्ती, खानेपानी शौचालय तथा पार्क निर्माण गर्ने योजनाबारे जानकारी दिए । यसका लागि १ करोड ५८ लाखको अनुमानित बजेट प्रस्तुत गरे । यसका लागि वाग्मती प्रदेश पर्यटन विकास आयोजनाबाट ३० लाख, हेटौंडा उपमहानगरपालिकाबाट २० लाख, तटबन्धका लागि जलउत्पन्न प्रकोप केन्द्रबाट ७० लाख, वडा कार्यालयबाट १० लाख र सहयोगी दाहरुबाट १० लाख बजेट प्राप्त हुने अनुमान रहेको बताए ।
धामले गतवर्ष ५२ लाख रुपैयाँ भौतिक संरचना निर्माणमा खर्च गरेको थियो । समितिले गत आर्थिक वर्षमा पाँच पाण्डवको मूर्ति निर्माण, पार्क, ढिडकुरेपाटीलगायतका संरचना निर्माण गरेको थियो ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















