Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा-१० बसपार्कमा नागरीक सहयता कक्ष स्थापना

20201018_122242-1603003397.jpg

२ कार्तिक,हेटौँडा।  जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कको सहकार्यमा नजिकिदैँ गरेको चाडपर्वलाई लक्षीत गरी आइतबार(आज) देखि नागरिक सहायता कक्ष स्थापना गरेको छ।  

 हेटौंडा उपमहानगरपालिका– १० बसपार्कस्थितमा रहेको सामुदायिक प्रहरी सेवा उप केन्द्रको कार्यालयमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापन गरिएको हो। उक्त नागरीक  सहायता कक्षको आज बिहान  हेटौँडा-१० का वडाध्यक्ष किताब सिंह लामा र मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले संयुक्त रुपमा उदघाटन गरेका छन्।  

कार्यक्रममा बोल्दै मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले यात्रुहरुको चाप बढेसँगै र यो संकटको अवस्थामा यात्रुहरु ठगिमा नपरुन भन्ने उद्धेश्यले यात्रुहरुको सुरक्षा, सुविधा र सहजिकरणका लागि सामुदायिक प्रहरी सेवा उप केन्द्रको सहकार्यमा आजदेखि नागरिक सहायता कक्षा स्थापना गरिएको बताए ।

उनले यात्रुहरुलाई कुनै गुनासो या कुनै अमानविय व्यवहार भएमा प्रहरीको कन्ट्रोल न : १०० मा या,९८५५०९०१५० र ९८५५०९१००० नम्बरमा फोन गर्न सकिने    बताएका छन्। 

यता उदघाटन कार्यक्रममा बोल्दै हेटौँडा १० का वडाध्यक्ष किताब सिंह लामाले नागरिक सहयता कक्ष स्थापना हुदा नागरिकले ठगिनु नपर्ने र नागरिकले ठगिनु परे कक्षमा रहेका प्रहरीलाई आएर समस्या राख्न अनुरोध गरेका छन्। यता मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रकाश पाण्डेले  नागरिकले बढी भाडा तिर्नु  परे र यातायात व्यवसायीले दुख दिए प्रहरीलाई खबर गर्न भने। 

सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कका अध्यक्ष प्रदिप कंडेलको सभाध्यक्षता भएको कार्यक्रममा  सामुदयिक प्रहरी सेवा केन्द्र हेटौडा ११ का अध्यक्ष शालिकराम पुडासैनी,सशस्त्र प्रहरीका डिएसपी शैलेस श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठक,वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट,मकवानपुर उद्योग बाणिज्य संघका सदस्य सुनिल अधिकारी, युवा समाजसेवी युवराज लामा,महिला अधिकारकर्मी सर्मिला श्रेष्ठ, उप- केन्द्रका पदाधिकारी स्थानीय, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो।कार्यक्रममा बजाज मोटरसाइकल हेटौँडाको आधिकारीक बिक्रेता न्यु होराइजीन अटो प्रालीले ट्राफिक चिन्ह अंकित होडिङ वोर्ड मकवानपुर ट्राफिकलाई  सहयोग गरेको छ।

20201018_122258-1603003439.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

नागरिक उन्मुक्ति पार्टीबाट सद‍्भावना पार्टी अलग
Screenshot_20240416_07234-1713231535.jpg

४ बैशाख, हेटौंडा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संग एकीकरण गरेको नेपाल सद‍्भावना पार्टी अलग भएको छ । गरिएको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1713230738.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी ...

३ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
Petrol-Pump-1713195853.jpg

३ बैशाख, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागु...

अदालतबाट गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र निवेदनको सक्कल प्रति माग
1657346199_uchha-adalat-p-1713190941.jpg

३ बैशाख, काठमाडौं । उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि...

थप समाचार