२० साउन, काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सपथ खाएकै दिन विहिबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिने निर्णय गरेको हो ।
३१ जिल्लाका ५ लाख ३३ हजार परिवारलाई अनुदानको पहिलो किस्ता उपलव्ध हुने जनाईएको छ । मन्त्रिपरिषदले सशस्त्र द्वन्दका क्रममा मारिएका व्यक्तिका परिवार, द्वन्द्वपीडित र वेपत्ता व्यक्तिका परिवारलाई २र२ लाख रुपैया दिने यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने र बाढीपहिरोमा परी मृत्यु भएकाका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको छ । अर्को निर्णयमा पहिचानका क्रममा रहेका गरिव घरपरिवारको पहिचान कार्य सम्पन्न गरी उनीहरुको जीवनस्तर उकास्न गरिबका लागि सरकार कार्यक्रम संचालन गर्ने भनिएको छ । यसका लागि आयआर्जन, शिक्षा, स्वाथ्य विमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैक तथा बजार एकीकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिने जनाईएको छ ।
प्रधानमन्त्री दाहालको तेस्रो निर्णय चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी ३ महिनाभित्र चिकित्सक पठाइसक्ने र जिल्ला र त्यसमाथिका सरकारी अस्पतालले एकै छातामुनी सबै सुविधा दिने नीति अन्तरगत गुणस्तरीय औषधि उपलब्ध गराउन औषधि कक्षा यस आर्थिक वर्षबाट सञ्चालन गर्ने उल्लेख छ । देशभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न म्याद भित्र आउने परिवारलाई प्रोत्साहन स्वरुप १ हजार दिने दाहाल नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठकको निर्णय छ ।
बैठकले तत्काललाई प्रवक्तामा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई तोकेको छ ।
१० चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश...
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको पार्टी...
१० चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन...
१० चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय...
१० चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी...
१० चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...
९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...
८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...
८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड...
रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
८ चैत, हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर...
५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका...