Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

आईपीएल: पन्जाले दिल्लीलाई हरायो

1603214045panjab-1603237570.jpg

५ कार्तिक, हेटौंडा । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग टी-२० क्रिकेटमा शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई हराएको छ ।
दुबईमा मंगलबार भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ५ विकेटले हराएको गरेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर भेट्टायो ।
पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्स्वेल ३२ रनमा आउट हुँदा दिपक होडाले अविजित १५ रन बनाए ।
यस्तै क्रिस गेलले २९ रन जोड्दा कप्तान केएल राहुलले १५ रन बनाए । जेम्स निशम १० रनमा अविजित रहे ।दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले ।
यस्तै कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४/१४ रन बनाए । शिम्रन हिटमायर १० रनमा आउट भए ।
पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।
जितपछि पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।
दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले १० खेलमा १४ अंक जोडेको छ । दिल्ली शीर्ष स्थानमा यथावत रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार