Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

पशुपतिनगर प्रहरीद्वारा लागुऔषधसहित हेटौँडाका ५ जना पक्राउ

Polish_20201021_094636644-1603275853.jpg

५ कार्तिक,हेटौँडा ।  ईलाका प्रहरी कार्यालय पशुपतिनगरले मंगलबार राति  लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटि गएको प्रहरीको चेकिङ तथा गस्ती टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा -१५ चुरिया र रातोमाटेबाट लागुऔषधसहित हेटौँडाका ५ जनालाई पक्राउ गरेको हो।मंगलबार राति विरगंज तर्फबाट हेटौँडा तर्फ आउँदै गरेको ना २५ प ६९५७ नम्बरको मोटरसाइकललाई रोकि चेकजाँच गर्दा २७५ पिस नाइट्रोभेट सहित  मोटरसाइकल चालक हेटौँडा-३ का ३९ वर्षीय दिनेश भण्डारी र मोटरसाइकलमा सवार हेटौँडा ११ का ४० बर्षीय सिताराम लामिछानेलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। 

त्यसैगरी मंगलबार रातिनै हेटौँडा-८ र १५ को सिमानामा संकास्पद अवस्थामा   हिडिरहेको १ महिला सहित २ पुरुष प्रहरीलाई देखेर भाग्न खोज्दा नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध बरामद गरिएपछि पक्राउ गरेको हो। पक्राउ पर्नेमा ९५ पिस नाइट्रोभेट सहित हेटौँडा-१७ हटियामा २७ बर्षीय दिपेश भुजेल,त्यसैगरी १३ एम्फुल डाइजोपाम,१६ एम्फुल फेनारगन,१५ एम्फुल नुरफिन सहित हेटौँडा-१० राप्तिरोडका २६ बर्षीय एलिस श्रेष्ठ र ७५ एम्फुल नाइट्रोभेट सहित हेटौँडा-६ की २३ बर्षीया नम्रता चौलागाईं रहेको डिएसपी रानाले बताएका छन् ।  

उनिहरु सबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरले यस अघि लकडाउनका समयमा लागुऔषध ओसारपसारमा संलग्न र कारोबारीलाई पक्राउ गर्न सफल भएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार