Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यु–१९ क्रिकेट टोलीको अभ्यास खेलमा लगातार दोस्रो जित

Cricketee-1499304710.jpg


२२ असार,हेटौँडा । १९ वर्षमुनिको नेपाली राष्ट्रिय टोलीले विशेष प्रशिक्षण र अभ्यासका लागी भएका दुईवटा खेलमा लगातार जित निकालेको छ । प्रशिक्षणका र क्रममा का लागि भारतको नोयडामा रहेको १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा मंगलबार फ्रेन्ड्स स्पोर्टस् एकेडेमीलाई १२१ रनले हराएको नेपाली टोलीले दोस्रो खेलमा बुधबार गुरुग्राम स्पोर्टस् क्लबलाई २४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो । गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा भएको दोस्रो अभ्यास खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा ३३८ रन बनाएको थियो । नेपालका लागी अदिल खानले ७५, सन्दीप सुनारले ५८ तथा दीपेन्द्रसिंह ऐरीले ४८ रन बनाएको इनिङमा पवन सर्राफले २२ बलमा ४७ रनको विस्फोटक पारी खेले । नेपालले ४२ रन भने अतिरिक्तकारुपमा पाएको थियो । जवाफमा गुरुग्रामले २९ ओभर १ बल क्रिजमा टिकेर अलआउट हुँदै जम्मा ८९ रनमात्र बनाउन सक्यो । गुरुग्रमलाई सस्तैमा समेटने क्रममा अलराउन्डर पवनले ६ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिए भने, विक्रमकुमार भुषाल र रोहितकुमार पौडेलले २र२ विकेट लिए । नेपाली टोली दुई सातादेखि भारतमा अभ्यास खेलसँगै प्रशिक्षणरत् रहेको छ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार