Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कैदीबन्दीलाई दशैं मनाउन मकवानपुर कांग्रेसको सहयोग

20201023_180317-1603455605.jpg

७ असोज, हेटौंडा । मकवानपुरका भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउनको लागि नेपाली कांग्रेसले मासुलगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको छ । शुक्रबार कारागारमै पुगी दुई वटा खसी, कुखुराको मासुलगायत खाद्यान्न कारागार प्रशासनलाई हस्तान्तरण गरिएको हो । 

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कैदीबन्दीहरुको लागि दुईसय किलो कुखुराको मासु, ८ बोरा चामल र दुई कार्टुन तेल उपलब्ध गराएका हुन् । साथै कांग्रेस मनहरी गाउँपालिकाका नेताहरुले दुई वटा खसी सहयोग गरेका छन् । बागमती प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यतामा कारागार परिसरमै पुगी सहयोग हस्तान्तरण कार्यक्रम गरिएको थियो । प्रदेशसभा सदस्य प्रजाको नेतृत्वमा मनहरी र हेटौंडाबाट पुगेको कांग्रेसको नेताहरुको टोलीले कारागार प्रशासनलाई कुखुराको मासु, खसीलगायत खाद्यान्न हस्तान्तरण गरेका थिए । 

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस महासमिति सदस्य रन्जन कालाखेती, महाधिवेशन प्रतिनिधि जानुकी लामा, जिल्ला सदस्यहरु नवराज सुवेदी, सुनिल अधिकारी, हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुली, मनहरी गाउँपालिकाका सभापति नारायण उप्रेती, पूर्व सचिव प्रकाश वर्तौला, मनहरी–७ का निर्वाचित वडाध्यक्ष ठाकुर राम तितुङ, आदिवासी जनजाति महासंघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष खेम चेपाङ, नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष सुदिप चेपाङ, जनजाति संघका मनहरी अध्यक्ष भीमसेन लामा, नेपाल तरुण दलका ३ नम्बर क्षेत्रीय अध्यक्ष सञ्जय श्रेष्ठ, शिक्षक संघ जिल्ला सचिव विदुर थापा, भीमफेदी कारागारका प्रमुख मदन लामा, नेता बानियाँका निजी सचिव मिलन पुडासैनी, मध्यवर्ती काउन्सिलका अध्यक्ष पदम तितुङ, कारागारका चौकिदार सुरेश मोक्तान, र विजय गोलेलगायतको सहभागिता रहेको थियो । कांग्रेस नहरीका स्थानीय नेता रामचन्द्र कालाखेतीको संयोजनमा कैदीबन्दीलाई खसी सहयोग उपलब्ध गराइएको हो ।

कार्यक्रममा बोल्दै कारागार प्रमुख मदन लामाले आभार प्रकट गर्दै कारागारका अन्य समस्या समाधानमा पनि साथ सहयोगको अपेक्षा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि सन्तबहादुर प्रजाले कैदीबन्दीहरुको दसैंलाई उत्साहजनक ढंगले मनाउनको लागि कांग्रेसले मासुलगायत खाद्यान्न सहयोग गरेको बताए । पार्टी हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीले कारागारका कैदीबन्दी र कर्मचारीलगायतलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न कांग्रेस तयार रहेको सुनाए । बानियाँका निजी सचिव मिलन पुडासैनीले नेता बानियाँले कैदीबन्दीको मनोभावनालाई बुझेर दशैंमा सहयोग उपलब्ध गराएको जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार