890x90-1603382814.gif

कला/संस्कृति

नवरात्रीको सातौं दिन, आज फुलपाती भित्र्याइयो

Phulpati-1506474492-16034-1603457176.jpg

file photo

७ कार्तिक, हेटौंडा । आज नवरात्रीको सातौं दिन अर्थात फुलपाति । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । 
आज काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमानढोका ल्याइएको हो ।
फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गर्ने प्रचलन छ ।
लावालस्कर सहित डोलामा ल्याइएको फूलपातीलाई अपरान्हको साइतमा दशैं घरमा भित्र्याइएको हो । दशैं घरमा भित्र्याउनुपूर्व फूलपातीलाई विधिपूर्वक पूजा अभिशेक गरिएको थियो । 
नवदुर्गाका विभिन्न स्वरुपसँग गासिएको फूलवृक्षका प्रकारहरुमा उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रम्हायणी, धानको बालामा लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको बास रहने शाष्त्रीय मान्यता छ ।
दशैं घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । दशैंघरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुडिखेलमा हर्ष बढाईं गर्ने चलन छ । 
सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्र प्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरु सरिक हुने चलन छ । काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा गर्दै आएको हर्ष बढाईंलाई यो वर्ष समान्य रुपमा सम्पन्न गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Health-Adv2-1529145952-1581696162.jpg
फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जना पक्राउ
पक्राउ-व्-1606742550.jpg

१५ मंसिर, हेटौंडा । फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।...

सोमबार साँझ मकवानपुरमा थपिए २५ संक्रमित
20200725_220622-1606742164.jpg

१५ मंसिर,हेटौँडा। मकवानपुरमा सोमबार साँझ २५ जना कोरोना संक्रमित थपिएका छन्।  हेटौँडा-१० मा रहेको स्बाव...

सालको काठ सदुपयोग गर्न पाउनुपर्ने मागसहित ज्ञापनपत्र
Fecofun1-1606738254.jpg

१५ मंसिर, हेटौंडा । सामुदायिक वन समूहमा कटान भएका सालको काठ सदुपयोग गर्न पाउनुपर्ने भन्दै राप्ति डिभिजन वन...

नक्कली नोट छाप्ने मेसिनसहित एक भारतीय पक्राउ
pakraau-1606721243.jpg

१५ मंसिर, कञ्चनपुर । प्रहरीले कञ्चनगुरको महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय...

सेनाको जाँच दिने नक्कली परीक्षार्थी पक्राउ
Arrested1-1606720681.jpg

१५ मंसिर, कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीसहित दुई जनालाई...

काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु
antizen-1606720106.jpg

१५ मंसिर, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट  कोरोना परीक्षण शुरु गर्न लागेको छ । सोमबार...

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै
PG-1606719633.jpg

१५ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा...

सोमबार सुनको मूल्य घट्यो
Gold-1606719250.jpg

१५ मंसिर, काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य...

भलिबल रेफ्री रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता
Rana-1606718935.jpg

१५ मंसिर, काठमाडौँ । नेपाली रेफ्री कुलबहादुर रानालाई भलिबलको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त भएको छ...

थप समाचार