Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मुग्लिन-नारायणगढ सडक राति बन्द हुने

narayangad_to_muglin_sada-1499397653.jpg

२३ असार, चितवन । विस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडक आउँदो असार २५ गते आइतबारदेखि रातको समयमा बन्द हुने भएको छ। चितवन जिल्ला प्रशासन कार्यालयमा बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको अाजको नागरिक दैनिकमा समाचार छ ।

पहिरो आएर ज्यानै जान थालेपछि व्यवस्थापिक संससदको विकास समितिले दिएको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले यस्तो निर्णय लिएको हो।

असार नौ गते मध्यरातमा आएको पहिरोमा परेर सो सडक खण्डको कालीखोलामा प्रहरी चढेको भ्यन नै बगेको थियो । भ्यानमा रहेकामध्ये तीनवना प्रहरीको शब भेटिएको थियो । एकजना प्रहरी र भ्यानको अवस्था अझसम्म अज्ञात नै छ। सो घटनापछि असार १३ गते संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीसहितका सांसदहरुले नारायणगढ मुग्लिन सडक खण्डको स्थलगत अध्ययन गरेका थिए।

स्थलगत अध्ययनपछि विकास समितिले दिएको १२ बुँदे निर्देशनमा रातको समयमा गाडी चलाउनु जोखिम पुर्ण हुने ठहर गर्दै बन्द गर्न भनिएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार असार २५ गतेदेखि काठमाडौं र पोखराबाट चितवन तर्फ आउने गाडीहरुले साँझ पाँच बजेभित्रै मुग्लिन पार गर्नु पर्नेछ। नारायणगढ हुँदै जाने गाडीहरुले साँझ छ बजेभित्र दासढुंगा पार गर्नु पर्ने छ।

‘बिहानपख दासढुंगाबाट चार बजे र मुग्लिनबाट पाँच बजे मात्रै गाडीहरु खुल्नेछन्। रातभर कुनै गाडी चल्ने छैनन्। अत्यावश्यक सेवाका गाडीहरुलाई पनि परिस्थिति हेरेर मात्रै छाडिने छ’ प्रमुख जिल्ला अधिकारी भट्टले भने।

यसअघि गत पुसबाट दिउँसो यातायात बन्द गरेर निर्माण कार्य हुँदै आएको थियो । असार नौ गतेको घटनापछि दिउँसो गाडी बन्द हुन छाडेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार