Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मुग्लिन-नारायणगढ सडक राति बन्द हुने

narayangad_to_muglin_sada-1499397653.jpg

२३ असार, चितवन । विस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडक आउँदो असार २५ गते आइतबारदेखि रातको समयमा बन्द हुने भएको छ। चितवन जिल्ला प्रशासन कार्यालयमा बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको अाजको नागरिक दैनिकमा समाचार छ ।

पहिरो आएर ज्यानै जान थालेपछि व्यवस्थापिक संससदको विकास समितिले दिएको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले यस्तो निर्णय लिएको हो।

असार नौ गते मध्यरातमा आएको पहिरोमा परेर सो सडक खण्डको कालीखोलामा प्रहरी चढेको भ्यन नै बगेको थियो । भ्यानमा रहेकामध्ये तीनवना प्रहरीको शब भेटिएको थियो । एकजना प्रहरी र भ्यानको अवस्था अझसम्म अज्ञात नै छ। सो घटनापछि असार १३ गते संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीसहितका सांसदहरुले नारायणगढ मुग्लिन सडक खण्डको स्थलगत अध्ययन गरेका थिए।

स्थलगत अध्ययनपछि विकास समितिले दिएको १२ बुँदे निर्देशनमा रातको समयमा गाडी चलाउनु जोखिम पुर्ण हुने ठहर गर्दै बन्द गर्न भनिएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार असार २५ गतेदेखि काठमाडौं र पोखराबाट चितवन तर्फ आउने गाडीहरुले साँझ पाँच बजेभित्रै मुग्लिन पार गर्नु पर्नेछ। नारायणगढ हुँदै जाने गाडीहरुले साँझ छ बजेभित्र दासढुंगा पार गर्नु पर्ने छ।

‘बिहानपख दासढुंगाबाट चार बजे र मुग्लिनबाट पाँच बजे मात्रै गाडीहरु खुल्नेछन्। रातभर कुनै गाडी चल्ने छैनन्। अत्यावश्यक सेवाका गाडीहरुलाई पनि परिस्थिति हेरेर मात्रै छाडिने छ’ प्रमुख जिल्ला अधिकारी भट्टले भने।

यसअघि गत पुसबाट दिउँसो यातायात बन्द गरेर निर्माण कार्य हुँदै आएको थियो । असार नौ गतेको घटनापछि दिउँसो गाडी बन्द हुन छाडेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार