सुनिल शिवाकोटी
२३ असार, हेटौँडा । हेटौंडाको छायाछवि क्रियशनको आयोजनामा बिहिबार राती ओम्याक्स सिनेमा हलमा भव्य समारोहका बिच विभिन्न ३४ वटा विधामा नवौं डी सिनेमा अवार्ड वितरण गरिएको छ ।
गत वर्ष पोखरामा वितरण गरिएका यो अवार्ड यो बर्ष हेटौँडामा आयोजना गरिएको हो । चलचित्र छायाँकनको हबको रुपमा परिचित सुन्दर नगर हेटौँडा र समर्ग मकवानपुरलाई थप परिचति गराउने सोच सहित छायाछवि क्रियशनले यो कार्यक्रम हेटौँडामा आयोजना गरेको हो ।
बिभिन्न ३४ वटा विधामा अर्वाड प्रदान गरिएकोमा यो बर्ष उत्कृष्ट चलचित्र घोषित हुदै विभिन्न विधागरी ११ वटा विधामा छक्कापञ्जाले अवार्ड हात पारेको छ । हाँस्य कलाकार ले भरिएको हाँस्यप्रधान नेपाली कथानक चलचित्र छक्का पञ्जा ले एघार वटा विधाको मनोनयनमा परी डी सिनेमा अवार्ड हात पारेको छ । उत्कृष्ट हाँस्यकलाकारको बिधामा मनोनयनमा परेका अन्य चारलाई पछी पार्दै छक्कापञ्जाका हाँस्यकलाकार केदार घिमीरेले अवार्ड प्राप्त गरे । त्यसैगरी उत्कृष्ट खलपात्र र संवाद छक्कापञ्जाबाटै दीपक राज गिरी , उत्कृष्ट नृत्य निर्देशक कविराज गहतराज, उत्कृष्ट गायक कृष्ण काफ्ले, उत्कृष्ट संगीतकार दीपक शर्मा, उत्कृष्ट नव निर्देशक दीपाश्री निरौला , उत्कृष्ट सम्पादकमा विपीन मल्ल, उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधान , उत्कृष्ट अभिनेत्री प्रियङ्का कार्की र उत्कृष्ट चलचित्रको रुपमा छक्का पञ्जा बनी ११ वटा बिधामा अवार्ड प्राप्त गरेको हो ।
त्यसैगरी उत्कृष्ट एनिमेशनको अवार्ड द फेमस चलचित्रबाट मधुकर बलामीले उत्कृष्ट ध्वनी मिश्रणको अवार्ड जात्रा चलचित्रबाट मनोजराज भण्डारी , उत्कृष्ट पाश्र्व सङ्गीतको अवार्ड गाजलु चलचित्रबाट शैलेश श्रेष्ठ, उत्कृष्ट केमियोको अवार्ड लुट २ बाट निश्चल बस्नेत, उत्कृष्ट द्धन्द्ध निर्देशकको अवार्ड चलचित्र निर्भय बाट हिमाल केसी, उत्कृष्ट बालकलाकारको अवार्ड ‘चलचित्र छाँया बाट साइब्रत आचार्य, उत्कृष्ट निर्देशकको अवार्ड गाजलु चलचित्रका हेमराज बिसी, उत्कृष्ट अभिनेताको अवार्ड जात्रा चलचित्रका विपीन मल्ल, नव नायकको अवार्ड के म तिम्रो होइन र चलचित्रका आर्यन अधिकारी, नवनायिकाको अवार्ड गाजलु चलचित्रकी श्रृष्टी श्रेष्ठ, चरित्र अभिनेताको अवार्ड वीरविक्रम चलचित्रबाट शिशिर राणा, चरिच अभिनेतृको अवार्ड के म तिम्रो होइन र चलचित्रबाट गौरी मल्ल, सहअभिनेताका अवार्ड कृतिमा आधारित चलचित्र तीन घुम्ती चलचित्रबाट सुशान्त कार्की, सहअभिनेत्रिको अवार्ड म तिम्रै हुँ बाट सुस्मिता केसीले प्राप्त गरिन् । उत्कृष्ट कथाको अवार्ड पूरानो डुङ्गा चलचित्र बाट रामबाबु गुरुङ, उत्कृष्ट पटकथाको अवार्ड गाजलु चलचित्रबाट हेमराज बिसी, उत्कृष्ट गायिकाको अवार्ड लुट २ चलचित्रबाट मीना निरौला, उत्कृष्ट गीतकारको अवार्ड के म तिम्रो होइन र चलचित्र बाट आकाश अधिकारी ले प्राप्त गरे । यस्तै जुरी अवार्डबाट तीन घुम्ती सम्मानीत भएको छ भने ३ बिधामा रहेको किटिक्स अवार्डबाट जात्रा का निर्देशक प्रदिप भट्टराई झुम्की चलचित्रका अभिनेता मनोज आरसी, र पूरानो डुङ्गा चलचित्रकी अभिनेत्री मेनुका प्रधान सम्मानित भईन भने ईनकरेज अवार्ड र प्बलिक चोइन अवार्डबाट क्रमश मिलन चाम्स र काली प्रसाद बास्कोटा सम्मानीत भए ।
त्यसैगरी छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड २०७४ बाट बरिष्ठ सङ्गीतकार एवम् गायक शम्भुजित बास्कोटा सम्मानित भए । चलचित्रकर्मी रजत सम्मान २०७४ बाट अभिनेता सरोज खनाल सम्मानित भएका छन भने अभिनेत्री तर्फ रुपा राना सम्मानित भइन् ।
छायाछवि क्रियशनकले प्रदान गर्नै छायाछवि चलचित्र पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण सुवेदी पुरस्कृत भएका छन् । पत्रकारितामार्फत चलचित्र क्षेत्रको विकासका लागि योगदान गरेको भन्दै सुवेदीलाई ९ हजार ९ सय ९९ रुपिया नगद तथा तामपत्रबाट पुरस्कृत गरिएको हो ।
अवार्ड वितरण कार्यकमामा छायाछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले ३ वटा डिजिटल चलचित्रबाट शुरु गरिको यो अवार्ड ५५ वटा चलचित्रहरुले भाग लिई विभिन्न ३४ वटा विधामा अवार्ड प्रदान गरिने अवस्था सम्म आईपुगेको स्मरण गराउदै आगामी दिनहरुमा कला क्षेत्रमा रुपमा झन बलियो हुने बताए । अवार्ड बितरण कार्यक्रममा पूर्वराज्य मन्त्री , संसद, जनप्रतीनिधी देखी, सरकारी उच्च आहोदाका व्यक्तीहरु सहित १ सय ५० भन्दा बढी कलाकारको सहभागीता रहेको थियो । अवार्ड वितरण समारोहमा विभिन्न कलाकारले मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
सहअभिनेत्रिको अवार्ड सुस्मिता केसीलाई प्रदान गर्ने क्रममा पूर्व गुहराज्य मन्त्री ईन्द्र बहादुर बाँनिया लगायत अन्य अतिथीहरु
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















