Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलमा दिल्ली हैदराबादसँग ८८ रनले पराजित

1603819265haidarabad_win-1603847158.jpg

१२ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी– क्रिकेटमा दिल्ली क्यापिटल्स हैदराबादसँग पराजित भएको छ ।
दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए । टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए ।
यस्तै कप्तान श्रेयस एयर ७ रनमा आउट हुँदा शिखर धवन सुन्य रनमा पेभेलियन फर्किए । दिल्लीलाई सस्तैमा समेट्ने क्रममा हैदराबादका राशिद खानले ३ विकेट लिए भने सन्दीप शर्मा र टी नटराजनले २ ÷ २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । हैदराबादका लागी रिद्दिमान शाहले ८७ र कप्तान डेभिड वार्नरले ६६ रनको अर्धशतकीय पारी खेले ।
यस्तै मनिस पाण्डेले अविजित रहदै ४४ रन जोड्दा केन विलियम्सनले अविजित ११ रन बनाए । दिल्लीकालागी एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १ ÷ १ विकेट लिए । 
जितसँगै हैदराबाद १२ खेलमा १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । दिल्लीले १२ खेलमा ७ जितसहित १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार