Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मूख्यमन्त्री डोरमणि पौडेल दम्पत्तीको स्वास्थ सुधारोन्मुख

20201029_123521-1603954331.jpg

File Photo

१३ कार्तिक, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल दम्पत्तीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ । 
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफुहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका हुन् । उनले आफू र श्रीमति गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको र चाँडै नै कारोना परास्त गरी पुनः नियमित कामकाजमा फर्कने जनाएका छन् । 
उनले लेखेका छन्-'२०७७ कार्तिक ६ गते कोरोना पोजेटिभ देखिएपछि ७ गतेबाट श्रीमति सहित म गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत छौं। गत वर्ष गंगालालमै मैले मुटुको एन्जिओप्लाष्टि गरेको थिएँ । कोरोना संक्रमित भएर यहाँ उपचाररत रहँदा पार्टिका आदरणिय अग्रज तथा समकालिन नेतृत्व, आम कार्यकर्ता, कर्मचारी, संचारकर्मि एवम् शुभचिन्तकहरुले मेरो स्वास्थ्य अवस्थाको बारेमा चिन्ता ब्यक्त गर्नुभएको छ । उपचाररत रहँदा यहाँहरुको प्रत्यक्ष सम्पर्कमा रहन असमर्थ भएता पनि समाजिक संजाल, मोबाईल एमएमएस र विभिन्न माध्यमबाट यहाँहरुले गर्नु भएको स्वास्थ्यलाभको कामनाले हामीलाई कोरोना विरुद्धको लडाँईमा थप हौसला र उत्प्रेरणा मिलेको छ । हामी यहाँहरु सबैप्रति आभार ब्यक्त गर्न चाहान्छौं । आवश्यक सुरक्षा प्रोटोकल अपनाउँदा अपनाउदैं पनि हामी कोरोना संक्रमित भयौं । यसर्थ कोरोना महामारिको संवेदनशिलतालाई गम्भिरता साथ लिदैं समाजिक दुरी सहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न सम्पुर्णमा अनुरोध गर्दछु । हाल हामी दुबै जनाको अवस्था सुधारोन्मुख छ । चाँडै नै कारोना परास्त गरी म पुनः नियमित कामकाजमा फर्कने जानकारी गराउदैं उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मिप्रति समेत धेरैधेरै आभार ब्यक्त गर्दछौं ।'


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

थप समाचार