Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमती प्रदेशका मुख्यमन्त्रीको कोरोना उपचारको बिल मुख्यमन्त्रीको कार्यालयद्वारा भुक्तान

20201104_071922-1604453821.jpg

१९ कार्तिक,हेटौँडा। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलको अस्पतालको बिल मुख्यमन्त्रीको कार्यालयले तिरेको खुल्न आएको छ । सरकारले ‘म गरीब हुँ, मैले पैसा तिर्न सक्दिन भनेमात्र सरकारले कोरोना संक्रमितको खर्च बेहोर्ने र परीक्षण पनि निःशुल्क गरिदिने’ भनेको थियो । तर मुख्यमन्त्री पौडेलको खर्च पनि सरकारले नै बेहोरेको छ । यहाँनेर गम्भीर प्रश्न खडा भएको छ – के पौडेलले आफू खर्च गर्न नसक्ने छु भनेर हात ठडाएपछि सरकारले उपचार गरेको हो ? 

हैन हो भने उनको हैसियत छर्लङ्ग भएको छ । त्यो पनि पदीय दूरुपयोग हो । उनी नै मूख्यमन्त्री भएको प्रदेश सरकारले बिरामीको निःशुल्क उपचार गरेको छैन । सरकारी अस्पतालमै बिरामीको दोहन गरिएको छ । यदि हैन र सरकारले जानीजानी खर्च गरेको हो भने त्यो पनि पदीय दूरुपयोग हो । सरकारले जनतालाई हेर्नुपर्ने बेलामा आफूलाईमात्र हेर्न थाल्यो भने त्यो जनताको सरकार हैन । 

यतिमात्र हैन मुख्यमन्त्री पौडेललाई हेटौंडाबाट हेलिकोप्टरमा काठमाडौं ल्याएर उपचार गरिएको थियो । गत कात्तिक ६ गते गरिएको पीसीआर परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि उनलाई काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना गरिएको थियो । कात्तिक १५ गतेको गरिएको पुनः परीक्षणमा उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि १६ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । 

उनीसँगै संक्रमित भएकी उनकी पत्नी विजया पौडेलको पुनः परीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजिटिभ नै आएको छ । उनीहरु दुबैजना ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेशनमा बसेका छन् ।नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७६ हजार ५०० भन्दा बढी छ । जसमा ३७ हजार ५२४ जना भन्दा बढी सक्रिय संक्रमित छन् । 

तीमध्ये पनि सबैभन्दा बढी होम आइसोलेसनमा छन् । गरीवले अस्पतालको बेडसमेत पाएका छैनन् । तर सरकारले भने पदीय दूरुपयोग गराउँदै वरिष्ठहरुलाई अस्पतालमा मात्र राखेको छैन यथेष्ट आम्दानी भएकालाई पनि निःशुल्क उपचार गरिदिने गरेको छ ।सोमबार मात्रै थपिएका २ हजार ९३३ संक्रमितमा २००३ जना बागमती प्रदेशकै हुन् । बागमतीमा मात्रै ६९ हजार ७६० जना संक्रमित भइसकेका छन् । 

त्यस्तै ४९४ जनाको मृत्यु बागमतीमै भएको छ । काठमाडौं उपत्यकामा त स्थिति अझै भयावह छ । तर प्रदेश सरकारको कुनै दायित्व नै देखिएको छैन । मुख्यमन्त्री आफूलाई निको भए पुग्यो र उनले आफूले सरकारी सुविधा लिन पाए पुग्यो । उनलाई मत दिएका जनता हेरेको हेर्यै भएका छन् । तिनै जनताले तिरेको करबाट उनी सुविधा लिँदा दङ्ग छन् ।

# साभार: हाम्रा कुरा डटकम 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

थप समाचार