२५ असार, हेटौंडा । १००८ स्वामी डा. रामानन्द गिरी महाराज शनिबार काठमाडौं पशुपतिस्थित शंकराचार्य मठमा ब्रह्मलीन भएका छन् । केही समयदेखि निमोनियाबाट पीडित स्वामी डा. गिरी एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत रहेको अन्नपूर्ण पोष्टको समाचारमा उल्लेख छ ।
उनको आइतबार देवघाटमा जल समाधि गर्ने कार्यक्रम छ । शनिबारै उनको पार्थीव शरीर देवघाटतर्फ ल्याईएको छ।
समाचार अनुसार २००३ सालमा धादिङको केबलपुरमा जन्मिएका स्वामी डा. गिरीले २०४१ सालमा जनक दर्शनमा पीएचडी गरेका थिए । ०४७ सालमा १००८ स्वामी महामण्डलेश्वर महेषानन्द गिरीजी महाराजबाट संन्यास लिएका उनले ०५० सालमा एकल प्रयासबाट देवघाटमा महेश संस्कृत गुरुकुल विद्यापीठ स्थापना गरेका थिए ।
आफ्नो जीवन नै संस्कृत र संस्कृतिका लागि समर्पण गर्नुभएका डा. गिरीले देवघाटमा कक्षा ६ देखि आचार्य (एमए) तहसम्मको अध्ययन–अध्यापन हुने विशाल गुरुकुल स्थापना गरेका छन् । उनले सञ्चालन गरेका गुरुकूल देवघाटका अतिरिक्त पोखरा, काठमाडौं, बनेपा, झापालगायत स्थानमा सञ्चालनमा छन् ।
वैदिक वाङ्मय एवं संस्कृतिका विशेषज्ञ स्वामी डा. गिरीले नेपाल मात्र नभई अमेरिकालगायत विभिन्न मुलुकमा समेत धार्मिक, आध्यात्मिक प्रवचन दिएका थिए । संस्कृति र धर्म भनेपछि हुरुक्कै हुने स्वामी डा. गिरी शांकर वेदान्तमा विशेष प्रवचन दिन्थे । उनको जीवन नै शिक्षा र हिन्दु धर्म संस्कृतिका लागि समर्पित हुँदै आएको थियो।
उनका २० वटाभन्दा बढी पुस्तक प्रकाशित छन् । त्यसमध्ये आठ खण्ड र पाँच हजार पानामा विभाजित श्रीमद् भागवत महापुराण (नेपाली भावानुवाद) सबैभन्दा महत्वपूर्ण छ।
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...


















