२५ असार, हेटौंडा । १००८ स्वामी डा. रामानन्द गिरी महाराज शनिबार काठमाडौं पशुपतिस्थित शंकराचार्य मठमा ब्रह्मलीन भएका छन् । केही समयदेखि निमोनियाबाट पीडित स्वामी डा. गिरी एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत रहेको अन्नपूर्ण पोष्टको समाचारमा उल्लेख छ ।
उनको आइतबार देवघाटमा जल समाधि गर्ने कार्यक्रम छ । शनिबारै उनको पार्थीव शरीर देवघाटतर्फ ल्याईएको छ।
समाचार अनुसार २००३ सालमा धादिङको केबलपुरमा जन्मिएका स्वामी डा. गिरीले २०४१ सालमा जनक दर्शनमा पीएचडी गरेका थिए । ०४७ सालमा १००८ स्वामी महामण्डलेश्वर महेषानन्द गिरीजी महाराजबाट संन्यास लिएका उनले ०५० सालमा एकल प्रयासबाट देवघाटमा महेश संस्कृत गुरुकुल विद्यापीठ स्थापना गरेका थिए ।
आफ्नो जीवन नै संस्कृत र संस्कृतिका लागि समर्पण गर्नुभएका डा. गिरीले देवघाटमा कक्षा ६ देखि आचार्य (एमए) तहसम्मको अध्ययन–अध्यापन हुने विशाल गुरुकुल स्थापना गरेका छन् । उनले सञ्चालन गरेका गुरुकूल देवघाटका अतिरिक्त पोखरा, काठमाडौं, बनेपा, झापालगायत स्थानमा सञ्चालनमा छन् ।
वैदिक वाङ्मय एवं संस्कृतिका विशेषज्ञ स्वामी डा. गिरीले नेपाल मात्र नभई अमेरिकालगायत विभिन्न मुलुकमा समेत धार्मिक, आध्यात्मिक प्रवचन दिएका थिए । संस्कृति र धर्म भनेपछि हुरुक्कै हुने स्वामी डा. गिरी शांकर वेदान्तमा विशेष प्रवचन दिन्थे । उनको जीवन नै शिक्षा र हिन्दु धर्म संस्कृतिका लागि समर्पित हुँदै आएको थियो।
उनका २० वटाभन्दा बढी पुस्तक प्रकाशित छन् । त्यसमध्ये आठ खण्ड र पाँच हजार पानामा विभाजित श्रीमद् भागवत महापुराण (नेपाली भावानुवाद) सबैभन्दा महत्वपूर्ण छ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


