Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

अातंकवादी अाक्रमणमा ६ तिर्थालुको मृत्यु

amarnath-attack-1499708017.jpg

२६ असार, हेटौंडा । भारतको अनंतनागमा भएको अातंकवादी अाक्रमणमा ६ तिर्थालुको मृत्यु भएको छ ।

राति ८:३० बजे जम्मु-श्रीनगर राष्ट्रिय राजमार्गमा तिर्थालु बोकेको बसमाथि भएको अाक्रमणमा १४ जना घाइते भएका छन् । भारतको प्रसिद्ध तिर्थस्थल अमरनाथ जाँदै गरेको बसमाथि मोटरसाइकलमा अाएका अातंकबादी अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएको छ । मृत्यु हुने यात्री गुजरातको रहेको प्रारम्भिक खबर छ ।

अाजतकका अनुसार कडा सुरक्षा व्यवस्था गरिएको राजमार्गमा प्रहरीको स्कर्टिङ विना गुडिरहेको बसमा अातंकबादी अाक्रमण भएको हो । घटना पछि त्यस क्षेत्रको सवारी अावागमन केही समयका लागि रोकिएको छ । अाक्रमणकारी खोजिका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि, कांग्रेस अाईकी अध्यक्ष सोनिया गान्धी, जम्मु काश्मिरकी मूख्यमन्त्री महेबुबा मुफ्ति, पूर्व मूख्यमन्त्री उमर अब्दुल्लाह लगायतले घटनाको विरोध गर्दै पीडित परिवारमा सहानुभुति जनाएका छन् । ४५ दिने अमरनाथ तिर्थाटनका लागि १ लाख २ हजार तिर्थालुले दर्ता गराएको र तिर्थालुको सुरक्षाका लागि केन्द्र सरकारबाट अतिरिक्त ४० हजार अर्धसैनिक बल तैनाथ गरिएको छ ।

साँझ ७ बजेपछि सवारी गुड्न प्रतिवन्ध लगाएको अवस्थामा सुरक्षा संयन्त्रसंग समन्वय नगरी यात्रा गरेका कारण घटना भएको सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय संचारमाध्यम एडिटिभीले जनाएको छ ।
तस्वीर : द ईण्डियन एक्सप्रेस


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार