२६ असार, हेटौंडा । भारतको अनंतनागमा भएको अातंकवादी अाक्रमणमा ६ तिर्थालुको मृत्यु भएको छ ।
राति ८:३० बजे जम्मु-श्रीनगर राष्ट्रिय राजमार्गमा तिर्थालु बोकेको बसमाथि भएको अाक्रमणमा १४ जना घाइते भएका छन् । भारतको प्रसिद्ध तिर्थस्थल अमरनाथ जाँदै गरेको बसमाथि मोटरसाइकलमा अाएका अातंकबादी अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएको छ । मृत्यु हुने यात्री गुजरातको रहेको प्रारम्भिक खबर छ ।
अाजतकका अनुसार कडा सुरक्षा व्यवस्था गरिएको राजमार्गमा प्रहरीको स्कर्टिङ विना गुडिरहेको बसमा अातंकबादी अाक्रमण भएको हो । घटना पछि त्यस क्षेत्रको सवारी अावागमन केही समयका लागि रोकिएको छ । अाक्रमणकारी खोजिका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि, कांग्रेस अाईकी अध्यक्ष सोनिया गान्धी, जम्मु काश्मिरकी मूख्यमन्त्री महेबुबा मुफ्ति, पूर्व मूख्यमन्त्री उमर अब्दुल्लाह लगायतले घटनाको विरोध गर्दै पीडित परिवारमा सहानुभुति जनाएका छन् । ४५ दिने अमरनाथ तिर्थाटनका लागि १ लाख २ हजार तिर्थालुले दर्ता गराएको र तिर्थालुको सुरक्षाका लागि केन्द्र सरकारबाट अतिरिक्त ४० हजार अर्धसैनिक बल तैनाथ गरिएको छ ।
साँझ ७ बजेपछि सवारी गुड्न प्रतिवन्ध लगाएको अवस्थामा सुरक्षा संयन्त्रसंग समन्वय नगरी यात्रा गरेका कारण घटना भएको सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय संचारमाध्यम एडिटिभीले जनाएको छ ।
तस्वीर : द ईण्डियन एक्सप्रेस
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















